फिफा वरीयतामा नेपाल यथावत

फिफा वरीयतामा नेपाल यथावत

ohNPUjUrPh5DuJpAj32y

काठमाण्डौ, चैत्र २१ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीवार सार्वजनिक गरेको वरीयताअनुसार नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन र १६१औँ स्थानमा कायम छ । अघिल्लो महिला पनि नेपाल त्यही स्थानमा थियो। यस बीचमा नेपाल कुवेतसँग दुई अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। कुवेतमै भएको खेलमा नेपालले एक बराबरी गर्दा अर्कोमा पराजित भएको थियो ।
दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल भारत र माल्दिभ्सपछि छ । भारत १०१औँ स्थानमा रहँदा माल्दिभ्स १५१ ओ स्थानमा छ । यस्तै भुटान १८६औँ, बंगलादेश १८८औँ, पाकिस्तान २ सयौँ र श्रीलंका २०२औँ स्थानमा छ ।
चैत्र २१, २०७५ प्रकाशित

Facebook Comments