प्रेम कथा : बिछोड

प्रेम कथा : बिछोड

13886362_551579651693830_2096901849568586510_n

सन्तोष सुवेदी – पुर्बको घाम अलि मलिन भएर उदायो , घामसँगै कति पहाडहरु पनि आँखामा आँशु राखेर बाहिरी देखावटि हाँसो हाँसे झै देखिन थाले , वरीपरीका दृश्य मृत्युको शोकमा डुबेको घर जस्तै देखिन थाल्यो , वेदना अँहँ कसै गरेर पनि मेटिएन , मेटाउने उपाय पनि के त ? यसको अन्तिम उपाय उहि थियो सधैका लागी निदाउनु ।
मन भरीको पिडा बोकेर सधै बेहोसिमै बाँच्नु भन्दा यो सँसार छोड्नु राम्रो लाग्न थाल्यो , सुमनलाई । तर एक मुठी श्वास उसको प्राणमा धकिडरहेको थियो । त्यहि धड्कनले भनिरहेको थियो , ‘सरु’ अब त यो सँसार छोड्ने पक्का भयो , सँगै काटेका दिन अब बिर्सने भए , तिमीले दिएका यि घडी , तिम्रो नामको आँठी , मलामीले जलाउने भए , तिम्रो न्यानो स्पर्शमा परेका मेरा यि हातका आँैला कतै मलामीले जलाउन बिर्से भने गिद्धको आहार हुने भए सरु, अनि आत्मा खै आत्माको कुनै झुकाव हैन सरु , तिम्रो खोजिमा जता ठुला महल छन् , जहाँ सुन चाँदिको लेपन युतm छाना छ, हो सरु त्यहि मेरो आत्मा डुलिरहेको हुनेछ ।
यस्तै कुरा मनमा साच्दै गर्दा सुमन सधैका लागी निदायो, गाउँमा बोलाउने नाम अम्मर सिँह श्रेष्ठ , तर नागरीकता र अन्य शैक्षिक क्षेत्रमा भने नाम बुङनु लेखिएको छ । नाम राम्रो हो , पहिले देशका खातिर योद्धाको पदवी , तर लेपन लाग्नु कुनै खास कारण बन्न सक्दैन ।
घर नजिकै एउटा ठुलो ईटा कारखाना । कारखाजाको मालिक आफै हो । कारखानाको काममा उसले कति पटक घाटा पनि खाएको छ । तर अहिले आफ्ना आफन्तले गर्दा राम्रो आम्दानी भएको कुरा ईटा किन्न जाने सबैलाई , भन्ने गर्छ । बिषेशता धेरै छन् उसका, खाने कुरामा निकै मिटो चाहिने , जस्तो मान्छे उस्तै कुरा , आफ्ना कामदार प्रति निकै नै बफादार छ, दयालु मायालु अनि गल्तिमा आगो बन्न सक्छ ।
तर एउटा नराम्रो बानि उसमा गढित भएर बसेको छ , जुन हो प्रेम बिबाह , भोजपुरका एक बृद्धले दलित जातकी अधबैशेँ श्रीमति ल्याएको निहुँमा गाउँबाटै निकालीनु परेको पिडा , अनि उनिहरुलाई दिएको यातना सझिँदा अमर सिँहका आँखामा अहिले पनि आँशु आउँछन् ।
शरीर भरीको निलडाम हुने गरी पिटेर परको डाँडाबाट आफ्नै भाई भतिजाले लखेटेको अमर सिँहलाई हिजै जस्तो लाग्छ । तर समय दश वर्ष पर गैसके छ । यसैले पनि उ आफ्नो परीवार प्रति निकै चनादो छ । आफ्ना छोराछोरी त्यसरी कुल घरानको ईज्जत जाने काम गदैनन् भन्दै रुढिवादी सोचलाई अगाल्दै मौन वार्ता गरीरहेको छ अमरसिह ।
एक दिनको कुरा हो, ईटा कारखानामा काम गर्ने मानिस कोहि भएन , तलवको किचलोले सबै जना काम नगर्ने भन्दै आफ्नै धन्दा गर्न थाले । तर ग्राहकको माग भटमा एक प्रतिशत पनि घटेको थिएन, गृष्म समय सबैलाई आफ्ना घर बनाउने चटारो थियो, गाउँको प्राय ः एक मात्र कारखाना त्यहि हो । गाउँदेखी सहर सम्मबाट कति गा्रहक आएको राम्रो सँग दैख्न सकिन्थ्यो । बुङनुको मन पोल्न थाल्यो , धनिहरु आधा पेट खाएर जिवनभर बस्न सक्छन् तर घाटा सहन सक्दैनन्, यो सत्य हो, गाउँमा पनि काम गर्ने मान्छे कोही छैनन् ।

गाउँ शुन्य अनि आश्रीतमय । सबै जना बिरानो मुलुकमा पिल्सिन गएका छन् , यसरी अचेलका गाउँ निराशामय बन्दै गएको छ , । बुङनुको बिचार एक दिन फेरीएर आयो, गाउँको काम त्यसै छोडेर राख्नु भन्दा सहरमा पड्दै गरेको छोरालाई बोलायने निर्णय गर्यो ।
उ आएपछि दूई जना भयो । अनि पुछार घरकी सरु पनि छे, केहि कति काम उसले पनि गर्छे, यसरी तिन जनाको अगुवाईमा कारखाना चलाउने निर्णय गर्यो । अनि बिहानको खाना खाँदै सुमनलाई फोन गर्यो । घामको राप ज्यादै कडा , एकै छिन बस्दा पनि डढाउलाकी भन्ने डर ।
त्यही रापमा ईटा पोल्नु कम्ति गारो थिएन । बिहानको पहिलो झिसमिसेको चराको आवाज सँगै बेलुकाको पहिलो घाम सम्म काम गर्नु पथ्र्याे । बुङनुको काम प्राय ः बाहिरै हुन्थ्यो , मालिक जस्तो मान्छे, सबैतिर मिलाउनै पर्छ, के गर्नु नगई नहुने यस्तो बोली सधैको भालेको डाँकोमा सुमनले नसुनेको पक्कै हैन , आज ईटा लिन मान्छै आउँदै छन् , गाडीमा लोड गरीदिनु , पैशा मैले हिसाव गरीसकेँ , अनि सुन बासुरी मात्र बजाएर बस्ने हैन नि , भोली सम्माम ५० हजार जति ईटा पोल्नु पर्छ उनिहरु भोलि नै लिन आउने रे , ए साँच्ची सुन् त पुछार घरकाी सरुलाई पनि लिएर जानु , उसले पनि हाम्रो कारखानामा काम गर्छे , मैले हिजै भन्न लागेको बिर्से छु ल , ल म हिडे भन्दै गर्दा बाबाको आवाज मधुर बन्दै गयो ।
खै सरुको घर चिनेकै छैन, सानै बेलाको याद नै छै , धेरै सहरीया भईएछ क्यार । आफ्नै गाउँका मानिस चिन्न छाडियो , भन्दै मनमनै उसले धिकारी भावना ब्यतm गर्यो । अनि सधै जाने कारखानाको बाटो मोडेर सरुको घर तिर लाग्यो । सरु आगँन बढारीरहेकी थिई , कसिलो शरिर , ठुला आखा , भुई सम्म छुने कपाल , हातमा एउटा बाला अनि रातो कुर्ता लगाएर बढारीरहेको देख्दा जो कोहिले पनि भन्न सक्थे ,भगवानले पनि मेहनतले बनाएका रहेछन् ।
जुन कुरा सुमनले एकै झल्कोमा सोचिशकेको थियो । आगँनको डिल माथिबाट हेरीरहेको सुमन सरुलाई बोलाउने आँट गर्दै छ , तर मुखकाट अँहँ एक वाक्य पनि फुट्न सकेनन् । सरुलाई बोलाउने आँट कसैगरे पनि आएन अनि आँगनको डिलमा बस्यो र सधैँ झै बासुरी बजाउन थाल्यो ।
सधैभरी भरी कारखाना बाट आउने धुन आज सरुको घर तिरबाट आईरहेको थियो , तर कसैले लख काटेनन् , बाँसुरीको मधुर स्वर सुनेर सबै जना बिह्वल भए तर सरुको मन पग्लिएन ,उसले बोलाउ छे भन्ने आशा शुन्य भयो , सुमन केहि बोल्न सकेन , त्यसपछि मलिनता र भावुकता लिएर कारखाना तिर लाग्यो , तर दुबैको मन शान्त भएन ।
सरुको मनमा पनि कोतुहलता जागिसकेको थियो । भोली पल्ट बिहानै कारखाना जानै लाग्दा सरु बाटोमै भेटिई । यो पाली भने जिग्यासु तरीकाले हिजो तपाईले बजाउनु भएको बाँसुरी कति मिठो थियो है मैले त हिजो चिन्नै सकिन भन्दै मुसुक्क हाँसि , सुमनले पनि केहि नबोली टाउको हल्लायो । उसले फेरी थपि काठमाण्डौमा बस्नुहुने रैछ , हजुरको नाम सुमन ईटाकारखानाको मालिकको छोरा भन्दै हिजो बेलुका सरुका आमाले भनेका कुरा ह्वार्ह्वार्ति पोख्न थाली । तिमी सरु है , हाम्रै कारखानामा काम गर्छौ क्यार , हो नि मैले काम गरेको कति भईसक्यो , ममीले काम मिलाई दिनु भएको , ए साच्ची हजुरलाई त मैले पोहोर दशैँमा देखेको थिए नि , ए होर मलाई त याद जै भएन ,अनि सरु कता हिडेकीनी , म त कारखाना तिर जान लागेकी सुमनलाई उत्तर आयो । ए हो म पनि त त्यहि जान हिडेको , ए हो उसो भए सँगै जानी भन्दै सुमनको हात समाई ।
अचेल सुमन र सरुका दिनमा एउटा सुनौलो बहार छाएकोे छ । घर देखी ईटा कारखाना अनि कारखाना देखी घर सम्म उनिहरुकै मायाको जालो फैलिएको छ । एकै छिन एक अर्कालाई नभेटदा नैराश्यताको जालोमा पर्न थालेका छन् । सगै काम गर्ने, खाजा खाने , सितल छहारीमा बसेर बाँसुरीको मधुर धुन सुन्ने दैनिकि जस्तै बनेको छ ।
यसरी सम्बन्ध निकै गहिरो बन्दै गईरहेको थियो । रुष्ट समाज अनि तिलाञ्जलि दिनु पर्ने यो जातित्व प्रतिको धारणा, दैनिक जसो सरु कहन्थि । उसो त सुमनको बुबा पनि यसमा कट्टर बिराधी छन् , त्यसले पनि मायामा थप उराठी ल्याउन सक्थ्यो । अब त साझँ पनि पर्न थाल्यो , जानि हैन सरु आँधीको बेग जस्तै गरी सुमन बोल्यो । अभाव , अतृप्तता र भोली सम्मको पखाई सम्झेर एक चोटी लामो श्वास तानि अनि यत्ति बोली आमाले गाली गर्नु हुन्छ जाउँ ।
भोलीपल्ट पनि बिहानी पखको किरण पुरा नउदाउदै ईटा कारखाना पुगीसकेका छन् । अचेल बिहानी खाजा पनि घरमा खादैनन् । दुबैको रोजाई उहि कारखाना बनेको छ । एकै छिन नछुट्टिने साथ कहिलेकाही काम बिशेषले बाहिर जाँदा सरुको यादमा बासुरी कति पटक बज्छन् थाहाँ छैन, कति छटपटाउछन् त्यो पानीबाट निकालीएको माछाले समेत जान्न सक्दैनन् । त्यसैले पनि प्रायः बाहिरी कामका लागी सुमनका बुबा नै जानु हुन्छ , । यसरी सुमन र सरुको माया निकै प्रगाढ बन्दै गयो ।
आज सुमनको जन्म दिन , जन्म दिनमा घरभरी मानिस जम्मा भएका थिए । घरमा मिठा मिठा खाने कुरा पाक्दै थिए । गाउँका गन्यमान्यलाई सुमनका बुबाले हिजै खबर गरेकाले बिहान सम्ममा सबै आई सकेका थिए । सुमन पनि दौरा सुरुवाल र पाल्पाली ढाका टोपि लगाएर बाहिरको फलैचामा बसिरहेको थियो । पातलो र अग्लो मान्छे दौरा सूरुवालले झन् अग्लो देखायो अनि शिरको टोपी साच्चै आँखा नगढाउने कोही भएन । तर सुमनको आँखाले उहि दृश्य खोजिरहेको थियो । सरुको बोली अनि सरुको न्यानो स्पर्श ।
उसले आज बिहान बाट नै सरुलाई देखेको छैन । प्राय ः सरुले लुकेर हेरेको पनि उसलाई थाहा छ , चारै तिर हेरयो , तर अँहँ सरुलाई पाउन सकेन । गाउँका सबैले उसलाई हेरे निकै फरक थियो ऊ । आफ्नै जन्म दिनमा पनि खुसी नभएर के भयो तलाई हँ , बाबाले भने । खै मैले पनि अगाीनै बाट बिचार गरीरहेकी छु , के भा होला , टोलाएर यताउति हेर्दै थियो । माख्ला घरे मनेकी बुढी बोली । यति भन्दा सम्म सबैको ध्यान सुमन तिरै तानियो । सबैले प्रश्न माथि प्रश्न गर्न थाले तर सुमन केही बोलेन । सबै जनाले खुस ियाली मनाउँदै घरमा पाकेका सबै कुरा घाटि ताजि तानि निल्न दाए । सुमन पनि बाको नजिक बसेर खाईरहेको थियो ।
प्रत्यक गाँसमा सरुलाई नसम्झको हैन तर सबै कल्पना मात्र थिए । आँखा चिम्म गर्दा सरु । उहि सरु सरु बिनाको एकै पल पनि अब बाच्न नसक्ने भईसकेको छ ऊ । बेलुकाको सात बजन थाल्यो , बिस्तारै घर शून्यतामा परिीण बन्दै गएको थियो । सबै आफन्त अनि ईष्ट । मित्र बिदा भएर गए । बिदा भएर जाँदा सबैले एउटै कुरा भने र गए । सुमनको बिहे पनि छितै गर्नु पर्छै । केटी हामी आफै हेरौला , ईज्जतदार , खानदानीको घरको छोरी बिहे गर्नु पर्छृ । हुन्न अमरे , गाउँदेको कुरालाई बाले हुन्छ भन्दै टाउकको हल्लाए । सुमनलाई भने मनका एउटा काँडा पसे जीतै भयो ।
बेलुकाको साँडै सात बज्न केहि मिनेत मात्र बाँकी छदै सबै जना आ आफ्नो घर तिर गए । बुबा पनि माख्ला घरे दाइसँग चुरोट तान्दै खै कता गए पत्तै भएन ,अन्तिममा म एक्लै भए । मन खुसि भन्दा पनि भाचिएको थियो । बिहान लगाको लुगाा फेर्ने जाँगर थिएन । मात्र एउटै पश्न मनमा आरर्यरहेको थियो , सरु मेरो जन्म दिनमा किन आईन । सुमनको मन झन् पोल्न थाल्यो ।
अनि बाँसुरी लिएर पानि ल्याउने पधेुा तिर लाग्यो । पधेरीमा उसले मुख धोयो , राती भईुकेको थियो । मनभरीको पिठा कमा गर्न उसले बाँसुरी बनाउन थाल्यो । बासरीबाछ निकै सुमधर आवमल आयो । गाउँमा निदाएका मानिस मलिनतासँगै झन् चकौ निन्द्रामा परे , तर सरु निदाएकी थिईन । उसलाई पनि भेट्न मन नभएको हैन तर बाध्यता उहि थियो । घरपरिवार । सरु बिनाको क्षण सुमनलार्य शुन्य लागछ त्याृ सरु जान्दथि अनि त्यहि एक्लो पना हटाउनु बासुरी बजाको सरुको मनमा आगाृ झै फैलियो । बासुरीको धुन रोकिएको थिएन । सरु नजिकै छिन कि भन्दै ति पल्ट बासुरीको धुरन रोकिने गरेका्े पनि सरु जान्थी ।
तर सुमन माझ जाने आँट गर्न सकिन । रात निकै छिप्पियो गाउँका सबैमस्त निन्ला्रमा थिए । त्यहि समय पारी सरु बिस्तारे सुमन भए सम्म पगी । आखाभरी आशु झार्दे सुमन बाँसुरी बनाइए रहेको थियो । यति सम्म लिन थियो कि आफ्ने सरु नजिकै आउँदा सम्म उसले पत्तो पाउन सकेन । सरु सुमनको नजिकै गई अनि गाला सम्म आएको आँशु पुच्न थाली । सुमन झस्कियो । तर आँखा भरी आँशु राखेर घडी र आफ्नै नाम लेखीएको आँैठी सुमनका्े हातमा राखिदिँदै एक हातमा माया गरी । सुमनको मन एक्कास िसरुलाई पाउँदा भककानि रह्यो । उसले आखा बन्द गरेो अनि हिक्का छोढ्दै रुन थाल्यो । सुमनको रुवाईमा सरु चुप बस्न सकिन , दुबै जन धेरै बेर रोईरहे । सुमनले सरुको हात समायो अनि आखाँको आशु पुछ्दै बिहाननआएको कुरा गर्न भन्यो ।
तले जातको भयौ रे हामी , हामीले गर्दा तपाईको घर बिटुलो हुन्छ रे , हामीलेछोएपछि भगवाज रिसाउन छन् रे । हामी त काम गर्ने मात्र हो रे अनि , अनि थाहा छ तै भर नबोलाको रे आमाले भन्नु भएको । भन्दै सरु रुदै सरुको नजिकै गई । दुबै जना एउटै अगालोमा एक ट्छि न बसि रहे । आँशुको मुल्य जान्नेलाई भगवाजले धैरै पिढा दिन्छज् भन्थे साच्चै हारैछ । जुन सरु र सुमनले पाईरहेका छने । केहि समयको शुन्यता सँैगै सरुले भनि हेर्नु त तपाईको लागी सुहाँउने घढी अनि यि मेरो नामको आँैठी , यो औठीले तपाइएको र मेरो साथ कहिल्यै टुट्टैन भनेको सुन्दा फेरी आशु भरीएर आयो तर सरुले थाहा पाउन सकिन । थाहा छ , म्रैले किनेको ५ महिना भयो , अस्तिनै दिजे भनेको तर आँतै आएन , अनि तपाईको नन्म दिनमा दिन राखेको लिनु भन्दै घडी र औठी माथा जस्तै अट्ट् हुने गरी कहिले ननिक्लने गरी लगाई दिई ।
फेरी मन कुढियो ज्याला मजदरी गरेर कमाएको पैशाा नम्मा गरेर सरुले मेरो लागी गति ठुलो उपहार दिई । मेरो बुबाले पनि नदिएको उपहार , मलाई एक्कासि रौए । म रोएको देखेर सरु एक्कासि अँकमाल गर्न आइए अनि भनि तपाईको र मेरो माया धेरै लामो छ किन रौएको म छु नि । भन्दै आफ्र्न आँशु पुछ्न थाली । रात निकै छिप्यिो , अब घर जानी हे , भोली उहि भेटौला सरुले आग्रह गरी , छुट्टने मन एक रतित थिएन तर बिबशता सुमनले पनी पुर्बतिरको उज्याले हेर्दै टाृको हल्लादै एक दिनको बिछोड सैर गर्न नसकेका उनीरु घर तिर लम्किए। आज बिहानै पानि परो । पाजी परेकाले ईट्टा भट्टिका् काम गर्न अलि गारो भयो ।
तर गाह्रो कामलाई सिजिदो नाउने उहि एक थियो , सरुको लागी सुमन र सुमनको लागी सरु । दूई जना मिलेमा बगेकाृ खोलन पनि उल्टो बगाउन सक्ने आँट उनिहरुमा थियो । त्यसैले पनि ईटा भटिट्को काम गर्नैु अक्सिजा जस्तै बनेको छ । कारखाना खुला भएको लिन मात्र सुमन र सरुको भेट हुने भएकाले अचेल कारखाना बन्द गर्न नपाए हुन्थ्यो जस्तो लाग्छ दुबैलाई ।
आज पानी परेकाले खासै काम भएन । काम गरीहालृ पनि सरु र सुमान छुटिटएको क्षण छैन । यति नजिक हुन्छनु कि उनिहरु मानौ एउटा र्यटा बोकन पनि दैई जना दुई तिर समाउने गर्छन ् । सायद अमर खेल खेलिरहेछन् तर जातित्व , धर्म, गरीबीका कारण सरुको जिबन प्रति सुमन निकै सचेत छ । सरुको जिवन निकै कठिन छ थाहा छ उसलाई तर मन मार्ने छैन , जीतो स्थितिमा पनि लडेर सामना गर्ने सोच बनाएका् छ । दिन …….भरी पानी परेकाले मौसम सफा थियो । वरीपरी बाललका टुक्रका छरीएका थिए ।
आपसमा हात समातेर त्यहि बादल हेर्दै अनि भेल बाडीमा आएका गिटटी , लाई खुटटाले हान्दै सदाको छुटिटने बाटो बाट आआफ्नाृ घर तिर गागे । घर पुग्नासाथ समनका बुबाले बिहेको कुरा गनर््ू भयो । सुमन यस्पाली बिहे गर्नु पर्छ , उमेर पनि भयो । तेरो लागी लाम्रो खानदानको केटी हेरेको छु , म भोली नै कुरा चलाउ छु । बाबादे रिसालु तरिकाले भन्नु भयो । नारई यति छीटै बिहे नगर्ने हुन्न बुवा प्रति प्रश्न दोहोरीयो । बसबा एक्कासि रीसोनु भयो। मैले भनेको तैले मन्नै पछै भोली नै म कुरा चलाउँछु भन्दै बुबा अर्काे कोठामा पस्नु भयो । बुबाले एक्कास िएस्ता कुरा किन गर्नु भयो मैले पते पाउन सकिन ।
तर बिचार गरे सरुलाई सम्झिएँ , सरुसँगकाृ मेरो सम्बन्ध थाहा भइर पो हो कि , हैन होला दैखेको भए त सिधै भन्नु हुन्नथृो नि , य िर यस्ता प्रश्नहरु सुमनको मनमा खेल्न थाले । सरुसँगको बिहे उ स्वीकार्न तयार छ , तर सरुको बुबा र सुमनका परिवारले मान्ने कुरै थिएन । रात निकै गयो तर निन्द्रा परेन , बाबाले थाहा पाउनु भयो जस्तै छ , नत्र एक्कास ियस्ता कुरा किन गर्नु हून्थो भन्दै सरुलाई सम्झियो अनि कोल्टे फेर्यो ।
भोलीपल्ट सबेरै उठेर चिया नास्ता गरेर उहि कारखानाको दैनिकि तिर लीम्कयो । सधैभरी सरु अगाडी हुन्थी तर आज सुमन अगाडी भयो । सर्धै झैे सरु बसिरहेने त्यो ठाउँ खाली थियो । रातीका सितका थोलाई हैर्दे त्यहि माथि टुसुक्क बस्यो । बिहानको समय आधाआधी भयो तर सरु आइन । सूमन निरश बन्दै काम गर्न थाल्यो । साच्चै सरु बिनाको दिन लामो लाग्यो । सबै कुरा थाहा पाएर होला सरुलाई पनि पठाएनन् । ।
यसरी सरुले दिएको घडी एक अपल्ट हेर्यो , अनि बासुरी बजाउन थाल्यो । झण्डै बेलुकाको पाँच बज्ने समय भयो । उसलाई त्यो दिन अबेर सम्म बस्न मन लागेन । त्यसैले पनि उ साँझ नपर्दै घर फर्कियो । बाटोमा सरु आउँछिन कि भने बारम्बार बाँसुरी बजायो तर धुन आकाशमा गएर बिलायो तर सरु अँहँ आउँदै आईन । अचेल सुमन दैनिक एक्लो हुने गरेको छ । ईटाटटीको काम खस्केको छ , सुमनका बबदे पनि खै किन हो अचेल ब्यापार भन्दा पनि बिहेको कुरालाई जोड दिईरहेका छन ्।
अहिले सरु बिनाको जिवन पानी बिनाको घटट् जस्तै बनेको छ , कति पल्ट बाँसुरीको धुन सँगै सुमन रोएको छ । धेरै दिन भई सक्दा पनि सरुको खबर नआउँदा कति पल्ट सरुको घर नगएको हैन तर सरुलाई भेटट्नुको साटो गाली र बेईज्जति खाएर कति पल्ट फर्किएका्े तितो अनुभव उसको मनमा अनगन्ति छरीएको छ ।

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments