प्रयास नेपालद्धारा बेटर व्रिक नेपाल परियोजना अन्तर्गत बालबालिकालाई शैक्षिक सामाग्री ,पोषाक वितरण

प्रयास नेपालद्धारा बेटर व्रिक नेपाल परियोजना अन्तर्गत बालबालिकालाई शैक्षिक सामाग्री ,पोषाक वितरण

57313579_2394347197485627_4111222483338657792_n

सन्तोष सुवेदी

थाक्रे, बैशाख २ । बेटर ब्रिक नेपाल परियोजना अन्तर्गत यति टायल एण्ड ब्रिक ईन्डस्ट्रिज थाक्रे गाउँपालिका वडा नम्बर ८ मा बिद्यालय भर्ना तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न ईँटा उद्योगहरुमा सन्चालित बेटर व्रिक नेपाल परियोजना अन्तर्गत बालबालिकालाई एक दर्जन कापी, कलम, पेन्सिल, ईरेजर शैक्षिक सामाग्री सहित स्कुलको पोसाक र बिद्यालय पुस्तक बितरण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।
सोमबार एक कार्यक्रमको आयोजना यति टायल एण्ड ब्रिक ईन्डस्ट्रिजमा काम गर्ने मजदुरहरुको छोराछोरी जम्मा ६८ जनालाई शैक्षिक सामाग्री सहित स्कुलको पोसाक वितरण गरिएको प्रयत्नशिल सामुदायिक विकास समाज नेपाल (प्रयास नेपाल) धादिङका व्यवस्थापक तथा परियोजना सँयोजक प्रदिप श्रेष्ठले बताउनुभयो ।
थाक्रे गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी रामकुमार आचार्यले कुनै पनि बिद्यार्थी आर्थिक अभावले बिद्यालय जानबाट रोकिएको भए त्यसको जिम्मा गाउँपालिकाले लिने बताउनुभयो ।

आयआर्जन कमजोर भएका आमा बुवाहरुले आफ्ना छोराछोरीहरुलाई सम्बन्धित बिद्यालयमा जानकारी दिन आग्रह समेत गर्नुभयो । यसैगरी थाक्रे फोगटपुरमा रहेको महाँकालेश्वरी माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक कुमार परियारले कुनै पनि बिद्यार्थीको आर्थिक अबस्था कमजोर भए बिद्यालयले नि ः शुल्क पढाउने ब्यबस्था गर्ने बताउनुभयो ।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय र्पुयाऔँ’ भन्ने नाराका साथ अहिले भर्ना अभियान सञ्चालन भईरहेको छ । यसैअन्तर्गत आजको कार्यक्रम लाभदायक हुने परियारले बताउनुभयो ।  ग्लोबल फेयरनेसको सहयोग तथा प्रयास नेपाल धादिङको आयोजनामा सञ्चालित कार्यक्रममा बालकालिकाहरुलाई स्कुलको पोसाक, कापी, पेन्सिल, ईरेजर लगायतका सामाग्री र पोषाक वितरण गरिएको प्रयास नेपाल धादिङले जनाएको छ ।
यस अघि पनि परियोजना सञ्चालित अन्य ईँटा उद्योगमा बालबालिकाको स्थिती एवम् शैक्षिक अवस्थाको बारेमा जानकारी सहित शैक्षिक सामाग्री वितरण भईरहेको छ । नयाँ भर्ना अभियान अन्तर्गत सँस्थाले परियोजना सन्चालित सबै ईँटा उद्योगमा नयाँ भर्ना अभियान सन्चालन गर्दैछ । यो परियोजना धादिङको ५ सहित ११ जिल्लाका ४० वटा ईँटा भट्टामा सञ्चालन भैरहेको परियोजना सँयोजक प्रदिप श्रेष्ठले बताउनुभयो ।

बैशाख २, २०७६ प्रकाशित 

Facebook Comments