प्रदेश ३ मा ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु

प्रदेश ३ मा ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु

wz796Foq4Sd2XFlc6EwY

बैशाख २९ । प्रदेश ३ सरकारले ‘मुख्य मन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ धादिङ जिल्लाबाट सुरु गरेको छ । प्रदेश ३ का ५ जिल्लामा लागु हुने कार्यक्रम अन्तर्गत पहिलो जिल्लाको रुपमा धादिङमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले कार्यक्रमको सुरुवात गरेका हुन् । निरोगी देखिएका मान्छेहरूको स्वास्थ्य परीक्षण गर्ने गरी सुरुवात गरिएको यो कार्यक्रमको उद्देश्य नसर्ने रोग र त्यसका जोखिम समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको मन्त्री जम्कट्टेलले बताए ।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला अस्पतालहरूबाट प्रदान गरिने यो सेवाबाट विपन्न, सीमान्तकृत, आर्थिक अवस्था कमजोर भएका मानिस र द्वन्द्वपीडितहरूको निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ । अहिले प्रदेश ३ का ५ जिल्ला धादिङ, मकवानपुर, भक्तपुर, सिन्धपाल्चोक र सिन्धुलीका जिल्ला अस्पताल रहेका स्थानीय तहहरूमा परीक्षणको रुपमा यो कार्यक्रम लागु गरिएको भएपनि आगामी आर्थिक वर्षदेखि सबै जिल्लाका स्थानीय तहका नागरिकले सेवा पाउने गरी कार्यक्रम विस्तार गरिने पनि मन्त्री जम्कटेलले बताए ।

बैशाख २९, २०७६ प्रकाशित

 

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments