प्रदेश ३ को स्थानीय तहमा एम्बुलेन्स र दमकल खरिद गर्न रकम निकासा

प्रदेश ३ को स्थानीय तहमा एम्बुलेन्स र दमकल खरिद गर्न रकम निकासा

pradesh-3-artha

हेटौंडा । स्थानीय तहलाई एम्बुलेन्स, दमकल, शववहान खरिद गर्नका लागि प्रदेश–३ सरकारले रकम उपलब्ध गराएको छ । प्रदेशमा रहेका एकसय १९ वटा स्थानीय तह मध्ये ४७ वटालाई रकम उपलब्ध गराइएको हो ।

सरकारले सबै स्थानीय तहलाई सेवामूलक सवारीसाधन खरिद गर्न प्रस्ताव आव्हान गरेपनि ४७ वटाले मात्र रकम पाएका हुन् । ४७ वटा स्थानीय तहमा ५० वटा एम्बुलेन्स, दमकल, शववाहान खरिद गर्न रकम निकासा भइसकेको प्रदेश–३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुुलेन्स, ६ वटा दमकल र ७ वटा शववहान खरिद गर्नका लागि अनुमति पाएर रकम समेत निकासा गरिएको उनले बताए । उनका अनुसार दमकल खरिद गर्ने स्थानीय तहले ६० लाख, एम्बुलेन्स खरिद गर्ने स्थानीय तहले १६ लाख र शववाहन खरिद गर्ने स्थानीय तहले ३१ लख रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । यस्तै स्थानीय तहमा ५० वटा सवारीका लागि १० करोड ५७ लाख रुपैयाँ निकासा गरिएको मन्त्री ढुंगेलले जानकारी दिए ।

२०७६ बैशाख २३ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments