प्रदेश ३ को राजधानी सार्ने तयारी

प्रदेश ३ को राजधानी सार्ने तयारी

Pradesh_3_Sgju5DZYvr

काठमाण्डौँ । प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताउनु भएको छ । सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उहाँले बताउनु भयो ।
“अहिले नै सार्वजनिक गर्यो भने समस्या हुन्छ,” उहाँले भन्नु भयो । प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उहाँले बताउनु भयो । ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उनले भने, “त्यहाँ १४/१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ ।”

तीसवटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उहाँले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताउनु भयो । जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उहाँले आउँदो चार महिनाभित्र राजधानी सर्ने बताउनु भयो ।

२०७४ फागुन १४ गते प्रकाशित

Facebook Comments