प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेल बन्ने निश्चित

प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेल बन्ने निश्चित

dormani

काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् । प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

२०७४ माघ २६ गते प्रकाशित

Facebook Comments