प्रदेश ३ को उपसभामुखमा माओवादीकी राधिका तामाङ

प्रदेश ३ को उपसभामुखमा माओवादीकी राधिका तामाङ

radhika-780x405

काठमाण्डौँ । प्रदेश नम्बर तीनको उपसभामुखमा नुवाकोटकी राधिका तामाङ निर्बिरोध निर्वाचित भएकी छन्।  वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ तामाङको विपक्षमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध बनेकी हुन्।

तामाङ नुवाकोट क्षेत्रनम्बर १ ‘क’बाट प्रत्यक्ष निर्वाचित प्रदेसभा सांसद हुन्। पूर्व राज्यमन्त्री समेत रहेकी तामाङ माओवादी जनयुद्धकालमा नुवाकोटकी जनसरकार प्रमुख समेत हुन्। सभामखमा यसअघि नै नेकपा एमालेका सानुकुमार श्रेष्ठ निर्वाचित भैसकेका छन्।

२०७४ माघ २८ गते प्रकाशित

Facebook Comments