प्रदीप र जसिताको अभिनयमा फिल्म “लव स्टेशन” को मुहुर्त

प्रदीप र जसिताको अभिनयमा फिल्म “लव स्टेशन” को मुहुर्त

pradeep_and_jasita

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको अभिनय रहने फिल्म ‘लभ स्टेशन’को शुभ मुहुर्त भएको छ। सोमबार विहान पशुपति मन्दिरमा फिल्मको शुभ मुहुर्त गरिएको हो।

फिल्मका छायांकन भने यही शुक्रबार भारतको दार्जिलिङबाट सुरु हुने निर्माता गोविन्द शाहीले बताए । छायांकनका लागि सुटिङ युनिट मंगलबार त्यसतर्फ प्रस्थान गर्ने फिल्म युनिटले जानकारी गराएको छ।

उज्वल घिमिरेको निर्देशन रहने फिल्म ‘लव स्टेशन’को सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पूर्वी इलामका विभिन्न स्थानमा गरिने जनाईएको छ। फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल लगायतका कलाकारहको अभिनय रहनेछ।

यस अघि प्रदीप र जसिता फिल्म ‘लिलिविली’मा देखिएका थिए।दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर रहेको फिल्मको निर्माण नियन्त्रक भने राजेन्द्र रावल हुन्। आलोक शुक्लाको छायांकन रहने लभ स्टेशनमा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ।

२०७५ असोज ९ गते प्रकाशित

Facebook Comments