पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनी सडक खुल्यो, सवारी जाम कायम

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनी सडक खुल्यो, सवारी जाम कायम

baireni

असार १४ । आज बिहानबाट परेको पानीका कारण पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनीबजारमा अबरुद्ध भएको सडक केहि समय अघि सञ्चालनमा आएको छ । तर सवारी जाम भने रहेको गजुरी प्रहरीले जानकारी दिएको छ ।  धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा ठाउँ ठाउँमा बालुवा र माटोको लेदो बगेर आएपछि सवारी आगमन ठप्प हुन पुगेको थियो ।
देशका मुख्य मार्ग हुंदै राजधानी प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको पृथ्वीराजमार्ग अबरुद्ध हुंदा हजारौं व्यक्ति प्रभावित भएका छन् । बिहीवार पनि हजारौं यात्रु बिच बाटोमै अलपत्र परेका थिए । राष्ट्रिय राजमार्ग भन्दा माथि तिर जताततै ग्रामीण सडक निर्माण गरिनुका साथै बालुवाका लागि डाँडापाखा खनिएका छन । जस्का कारण बर्षात संगै माटो वग्दै आएर राजमार्ग अबरुद्ध हुन पुगेको हो ।
२०७६ असार १४ गते

Facebook Comments