पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनी सडक बर्षाले अबरुद्ध, सयौँ सवारी साधन बिच बाटोमै अलपत्र

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनी सडक बर्षाले अबरुद्ध, सयौँ सवारी साधन बिच बाटोमै अलपत्र

baireni

विपिन मल्ल , बैरेनी
असार १४ । शनिबार बिहानबाट परेको पानीका कारण पृथ्वी राजमार्ग अन्तर्गत गल्छी बैरेनीबजारमा सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा सवारी जाम रहेको प्रहरीले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा ठाउँ ठाउँमा बालुवा र माटोको लेदो बगेर आएपछि सवारी आगमन ठप्प हुन पुगेको हाम्रा सहकर्मी बिपिन मल्लले जानकारी गराउनु भयो । लेदो माटो र ढुंगा थुप्रिंदा सडकमा नदीको बगर जस्तो भएको छ । देशका मुख्य मार्ग हुंदै राजधानी प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको पृथ्वीराजमार्ग अबरुद्ध हुंदा हजारौं व्यक्ति प्रभावित भएका छन् । बिहीवार पनि हजारौं यात्रु बिच बाटोमै अलपत्र परेका थिए ।
राष्ट्रिय राजमार्ग भन्दा माथि तिर जताततै ग्रामीण सडक निर्माण गरिनुका साथै बालुवाका लागि डाँडापाखा खनिएका छन । जस्का कारण बर्षात संगै माटो वग्दै आएर राजमार्ग अबरुद्ध हुन पुगेको हो ।
अहिले सडक खुलाउने प्रयास भईरहेको र जाम खुल्न ३,४ घण्टा भन्दा बढी लाग्ने र यो बर्षामा यस्तो समस्या निरन्तर आउने सहकर्मी बिपिन मल्लले जानकारी दिनुभयो ।
२०७६ असार १४ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Related Posts

Facebook Comments