पूर्व तयारी गरेर मात्र बजेट प्रस्ताव गर्न संसदीय समितिको निर्देशन

पूर्व तयारी गरेर मात्र बजेट प्रस्ताव गर्न संसदीय समितिको निर्देशन

sadan-samsad-bicc-750

चैत्र ४ । आगामी आर्थिक वर्षको बजेट बनाउँदा खरीद र भुक्तानी योजना सहित पूर्वतयारी गरेर मात्र बजेट तयार पार्न संघीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । अधिकांश आयोजनामा विनियोजित बजेट खर्च हुन नसक्ने र केही आयोजनामा बजेट नै नपुग्ने अवस्था देखिएको भन्दै समितिले बजेट बनाउँदा पूर्वतयारी गरेर मात्र रकम छुट्याउन निर्देशन दिएको हो ।
समिति सभापति कल्याणी कुमारी खड्काले सबै मन्त्रालय, सचिवालय र सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिँदै आगामी वर्षको बजेट तयारी गर्दा पूर्व तयारी नभएका आयोजना तथा कार्यक्रममा बजेट प्रस्ताव नगर्न,नगराउन तथा चालू आर्थिक वर्षमा मध्यकालीन खर्च संरचनामा प्राथमिकीकरण गरिएका आयोजनामा खर्च गर्ने क्षमताको विश्लेषण गरेर मात्र बजेट प्रस्ताव गर्न निर्देशन दिएकी हुन् । बजेट छुट्याउँदा त्यसको पूर्व स्वीकृति लिन पनि समितिले निर्देशन दिएको छ ।

चैत्र ४, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments