पार्टी संसदीय दलको नेतामा दाहाल चयन

पार्टी संसदीय दलको नेतामा दाहाल चयन

Prachanda-699x405

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ ।
माओवादी केन्द्र संसदीय दलको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णय गरेको छ ।

२०७४ फागुन ६ गते प्रकाशित

Facebook Comments