पश्चिमी वायुको प्रभावले मौसम बदली, ठूलो पानी पर्ने सम्भावना छैन

पश्चिमी वायुको प्रभावले मौसम बदली, ठूलो पानी पर्ने सम्भावना छैन

pani pareko

धादिङ, माघ २८ ।सोमबार काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएको साता लगातार तीनदिन वर्षा भएपछि आइतबार मौसममा सुधार आएको थियो । तर आइतबार बेलुकीपख नै भित्रिएको अर्को पश्चिमी वायुले सोमबार पश्चिमी पहाडी भूभागसहित देशका अन्य ठाउँमा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पश्चिमी पहाडी भेगका केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर पश्चिमी वायुको प्रभाव कमजोर देखिएकाले ठूलो पानी पर्ने सम्भावना भने छैन । यस्तै सोमबार राति उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाको सोमबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।

माघ २७,२०७५ प्रकाशित

Facebook Comments