पचास रुपैयाँका २३ करोड थान नयाँ नोट छापिँदै

पचास रुपैयाँका २३ करोड थान नयाँ नोट छापिँदै

new_note_pWXSLnGcTo

काठमाण्डौ, फाल्गुण २२ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ ।

विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने त्यो कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।

फ्रान्सेली कम्पनीले ४७ करोड ७२ लाख ५०० यूरोमा त्यो परिमाणको नोट छाप्ने जिम्मा पाएको छ । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइपुग्नेछ ।

फाल्गुण २२ गते, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments