न्यूजिल्यान्डमा क्राइस्टचर्च गोलीकान्डपछि बन्दुकसम्बन्धी कानुन सुधार गरिँदै

न्यूजिल्यान्डमा क्राइस्टचर्च गोलीकान्डपछि बन्दुकसम्बन्धी कानुन सुधार गरिँदै

bomb-bisfot

चैत्र ४ । न्यूजिल्यान्डमा ५० जनाको मृत्यु हुनेगरी दुईओटा मस्जिदमा भएको गोलीकान्डपछि बन्दुकसम्बन्धी कानुनमा सुधार गरिने भएको छ । प्रधानमन्त्री जाकिन्दा अर्डेनको मन्त्रिपरिषदले बन्दुक प्रयोगसम्बन्धी कानुन सुधार गर्ने सैद्धान्तिक सहमति जनाएको छ । मन्त्रिपरिषदको बैठकपछि बोल्दै प्रधानमन्त्री अर्डेनले बन्दुकसम्बन्धी कानुन सुधार आवश्यक भएको भन्दै एक साताभित्र विस्तृत रुपमा जानकारी गराउने बताइन् ।
आक्रमणकारीसित बन्दुकको लाइसेन्स रहेको र ऊसँग पाँचओटा बन्दुक रहेको प्रधानमन्त्री अर्डेनले जानकारी दिइन् । चर्च आक्रमणलगत्तै बन्दुकसम्बन्धी कानुन सुधारको माग उठेको थियो । न्यूजिल्यान्डको प्रहरी एसोसिएसनले अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउन माग गरेको छ । गत शुक्रबार क्राइस्टचर्चमा अष्ट्रेलियन नागरिक ब्रेन्टोन टारेन्टले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको थियो । उनले सेनाको शैलीमा हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ । आक्रमणमा घाइते भएकाहरुमध्ये गम्भीर पाँचजनाको अस्पतालमा उपचार भइरहेको छ । न्यूजिल्यान्डमा १६ वर्षको उमेरपछि कानुनीरुपमा बन्दुक राख्न पाइने व्यवस्था छ ।

चैत्र ४, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments