नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न

नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न

60287665_669975620111434_126284721540825088_n

सन्तोष सुवेदी
धुनिबेशि, बैशाख २९ । धादिङको धुनिबेशिनगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति सिताराम कोईरालाको अध्यक्षतामा सञ्चालित अधिबेशनमा ११ सदस्यीय नयाँ समीती समेत गठन गरिएको छ ।
उद्योगी रामबाबु रेग्मीको सभापतित्वमा गठन भएको समितीमा गँगोत्रि चौलागाँई उपसभापति, रामेश्वर रुपाखेति सचिव, गोबिन्द आचार्य उपसचिव, राम नेपाली कोषाध्यक्ष, बिष्णु तामाङ उपकोषाध्यक्ष चयन हुनुभएको छ, साथै सदस्यहरुमा किशोर कोईराला, बद्रिप्रसाद बास्कोटा, नहकुल आचार्य शुसिला थपलिया महिला सदस्य र सुमन श्रेष्ठ गरि जम्मा ११ सदस्यिय समीती गठन गरिएको नव बिर्चाचित सभापति उद्योगी रामबाबु रेग्मीले बताउनुभयो ।
आपत् बिपद्को समयमा नेपाल रेडक्रस सोसाईटी तथा अन्य देशका सोसाईटीले निकै प्रभावकारी काम गरिरहेको अधिबेशनका प्रमुख अतिथी सिताराम कोईरालाले जानकारी दिनुभयो ।
रेडक्रस संस्थाको जन्म युद्धभूमिको विभीषिकाबाट सन् १८६३ मा स्विट्जरल्यान्डमा भएको हो । यस संस्थाको संस्थापक स्विट्जरल्यान्ड निवासी जाँ हेनरी ड्युना हुन् । नेपालमा भने सन् १९६३ बाट नेपाल रेडक्रस को शुरुवात भएको हो । सम्पूर्ण ७७ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ । स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरु विधार्थी, यूवा स्वयमसेवी अनि स्वंयसेवी शिक्षकहरु, समुदायका ब्यक्तिहरुले गर्दछन् ।
विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमीमा रेडक्रसले विपद ब्यवस्थापनमा ठूलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धताका लागि रेडक्रस अद्वितिय संस्था हो । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरुमा कार्यरत छ । नेपालमा पनि हामीहरुले पढेका अधिकांश विद्यालयदेखिनै स्वयमसेवा अनि मानवताको मूल्यलाई आत्मसाथ गर्दै रेडक्रसको जुनियर रेडक्रस अनि यूवा रेडक्रस सर्कलमा हामीहरु आफै धेरैजना सक्रिय भएका पनि छौँ ।
बैशाख २९, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments