नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन पृथ्वीराजमार्ग ईकाई समीतीको छैटौँ अधिबेशन

नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन पृथ्वीराजमार्ग ईकाई समीतीको छैटौँ अधिबेशन

60361847_430167220865638_957443730351063040_n

सन्तोष सुवेदी

धार्के, जेठ ५ । धादिङको धुनिबेशिनगरपालिका वडा नम्बर ६ धार्के चालिसेमा नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन पृथ्बीराजमार्ग ईकाईको छैटौँ अधिबेशन सम्पन्न भएको छ । सँगठनले स्थापना कालदेखि नै पृथ्बीराजमार्ग र त्रिभुवन राजपथ र आसपासका गाउँ वस्तिहरुका बिभिन्न सडकमा काम गर्ने यातायात मजदुरहरुलाई सँगठित गर्दै उनीहरुका हक अधिकार र ट्रेड युनियन अधिकार ईज्जत प्राप्तिको सन्दर्भमा गोलबन्द गराउँदै सडक र सवारी ऐनको बारेमा जानकारी दिँदै दुर्घटना न्युनिकरण तथा जोखिम कम र सचेत र सावधानी पुर्वक सवारी चलाउन मजदुरहरुलाई अनुरोध गर्दै गर्दै आईरहेको छ ।
यस सँगठन भित्र रहेका मजदुरहरुका हक अधिकारका बारेमा बोल्दै ट्राफिक नियमको पालना गराउने लगायतमा पनि छलफल गरिएको थियो । साबधानि पुर्वक सवारी चलाऔँ, सचेत पुर्बक हाकौँ, सडक अतिक्रमण गरेर निर्माण सामाग्री नराखौँ भन्दै यस नेपाल यातायात मजदुर सँगठनले सबैमा आग्रह समेत गरेको छ ।
सो अधिबेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । गुणराज रेग्मी अर्जुनको अध्यक्षतामा ९ सदस्यिय कार्यसमीती चयन गरेको छ । सो कमीटीको उपाध्यक्षमा उत्तम प्रसाद पन्त, सुमन तामाङ सचिव, सहसचिवमा बिष्णु रेग्मी, कोषाध्यक्षमा कृष्णबहादुर रेग्मी, सदस्यहरुमा बलराम रेग्मी, दिपक भुजेल, बिरहादुर थिङ, रामकृष्ण तामाङ र सल्लाहाकारमा हरीप्रसाद काप्री चयन गरेको छ ।60602595_399310253990675_6917213046897115136_n

नेपाल यातयाता स्वतन्त्र मजदुर सँगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यता र धुनिबेशिनगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको बिषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै धुनिबेशिनगरपालिका प्रमुख आचार्यले सँगठनले खरिद गरि सञ्चालन ल्याउन लागेको नयाँ एम्बुलेन्सलाई नगरपालिकाबाट ५० प्रतिशत रकम दिने बताउनुभयो ।
२०६१ सालबाट स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन पृथ्बीराजमार्ग ईकाइ समीतीका सँस्थापक अध्यक्ष सुरेश आचार्य जसले ४ कार्यकाल सँस्थाको अध्यक्ष भएर काम गर्नुका साथै मानबिय सेवाका लागी सँगठनले धादिङमा पहिलो पटक सडक दुर्घटनाबाट घाईते हुने यातायात मजदुर र आसपासका गाउँबस्तीका बिभिन्न प्रकृतिका बिरामीहरुलाई उपचार केन्द्र सम्म पुर्याउन आचार्यले कल्पना गरेका थिए र सञ्चालनमा ल्याएका पनि थिए । सो अभियान निरन्तर चलिरहेको छ ।
जेठ ५, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments