नेपाल फिफा १९ च्याम्पियनसिपको आयोजना हुने

नेपाल फिफा १९ च्याम्पियनसिपको आयोजना हुने

sports-photo-all

काठमाडौं । गेमिङ गरेज नेपालको आयोजनामा नेपाल फिफा १९ च्याम्पियनसिप काठमाडौंमा आयोजना हुने भएको छ । दि ब्रिटिस कलेजको मुख्य प्रायोजनमा हुने प्रतियोगिता आगामी १ देखि ३ मार्चसम्म हुने आयोजकले जानकारी गराएको हो । तीनदिने प्रतियोगितामा ५१२ जना खेलाडीलाई समावेश गर्न सकिने आयोजकका प्रमुख दिपांकर डंगोलले पत्रकार सम्मेलनमा जानकारी गराए । नकआउटका आधारमा हुने प्रतियोगिता होम एन्ड अवेको अवधारणामा सिभिल मलमा आयोजना हुनेछ । सुरुवाती खेल १२ मिनेटका हुनेछन् । फाइनल खेल भने २० मिनेटको हुनेछ । फुटबलकै फम्याटमा हुने खेलमा स्कोरको आधारमा नै विजेता छानिनेछ ।

पछिल्लो समय नेपालमा इस्पोर्टस् निकै लोकप्रिय बन्दै गइरहेको छ । युरोपमा कुनै पनि ठूला प्रतियोगिता आयोजना हुनुभन्दा अघि देश तथा क्लबका आधारमा फिफा गेम सिरिज बन्दै जाने र यसपटक १९औं भर्सनको गेम हुन लागेको हो ।

गेमिङ गरेज नेपाल इ स्पोटर््सलाई प्रमोट गर्नका लागि नै स्थापना भएको डंगोलले जानकारी गराए । ओलम्पिक र एसियाडमा पनि समावेश भएको यो प्रतियोगिताले राखेपमा स्पोट्र्स संघ स्थापनाका लागि राखेपको ध्यान केन्द्रित हुन सक्नेछ ।

२०७५ फागुन १४ गते प्रकाशित

Facebook Comments