नेपाल आइडलबाट भक्कानिँदै बाहिरिए अमित बराल

नेपाल आइडलबाट भक्कानिँदै बाहिरिए अमित बराल

Amit-baral

काठमाडौं । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्।शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए।

बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो। पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

कार्यक्रममा सबैभन्दा बढी भोट पाउने सिट सुमित पाठकले सुरक्षित गरे भने परफरमर अफ दी डेको उपाधि विक्रम बरालले चुमे।अमितले नेपाल आइडलमा अहिलेसम्म दिएका उत्कृष्ट प्रस्तुतिको छोटो भिडियो क्लिप पर्दामा देखाइएको थियो। भिडियो हेर्दाहेर्दै उनी धेरैपटक भक्कानिए।

बुटवल सैनामैनाका अमित बराल नेपाल आइडलमा उत्कृष्ट पाँचमा पुगेर बाहिरिएका हुन्। सानो छँदा संगीतमा खासै चासो नराख्ने अमित दाजुको सपना पूरा गर्न यो क्षेत्रमा आएका हुन्। उनका दाजु भने सानैदेखि अत्यन्तै राम्रो गाउने गर्थे। पढाइमा पनि अत्यन्तै तेज थिए। केही वर्षअगाडि उनका दाजुको दुर्घटनामा मृत्यु भएको थियो ।

२०७५ मंसिर २२ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments