नेपालमा २५ खर्ब रुपैयाँ लगानी गर्न विदेशीले चासो देखाएका ३१ परियोजना

नेपालमा २५ खर्ब रुपैयाँ लगानी गर्न विदेशीले चासो देखाएका ३१ परियोजना

lagani_board_4ElUkpS7Mz

बैशाख ९ । नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् । गएको चैतमा काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत भएका ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ । कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जामा ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र शहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन् ।

खर्चका हिसाबले सबैभन्दा महँगा ३ खर्ब ३४ अर्ब रुपैयाँ लागतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलदेखि ३५ करोड ११ लाख रुपैयाँको एकीकृत कृषि पूर्वाधार विकास केन्द्रमा लगानी गर्न ३१ वटा परियोजनामा ४८ कम्पनीले आवेदन दिएका छन् ।
बैशाख ९, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments