नुवाकोटमा ३१ योजना अलपत्र

नुवाकोटमा ३१ योजना अलपत्र

nuwakot-jilla-

नुवाकोट । नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा चार कार्यालय मार्फत विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्यांक पाइएको छ ।
प्राविधिक कार्यालय मातहत रहेका तीन, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयका पाँच, डिभिजन सडक कार्यालयका १२ र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका ११ योजनाको काम तोकिएको समयमा पूरा नभएको र भएका कामसमेत गुणस्तरहीन पाइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए ।

२०७५ जेठ ११ गते प्रकाशित

Facebook Comments