नुवाकोटमा पशुसेवा अन्तर्गत घुम्ती शिबिर

नुवाकोटमा पशुसेवा अन्तर्गत घुम्ती शिबिर

belkot gadi

बैशाख २९ ।  नुवाकोट बेलकोटगढीका बिभिन्न वडाहरुमा पशुसेवा अन्तर्गत घुम्ती शिबिर सञ्चालन भईरहेको छ । यसैक्रममा शनिबार वडा नम्बर १, २ र ३ को बिचमा रहेको देबिस्थान कुमारीमा पशु घुम्ती शिबिर सम्पन्न भएको छ । घुम्ती शिबिरमा २९ सय १४ गाईँ, भैसि, कुकुर लगायतका पशुहरुमा कृत्रिम गर्भाधानका साथै बिबिध सेवाहरु प्रदान गरिएको बेलकोटगढी नगरपालिका अन्तर्गत कृषि र पशु हेर्न बागबानी बिकास अधिकृत छबिलाल शर्माले जानकारी दिनुभयो ।
नगरप्रमुख राजेन्द्र रमण खनालले उद्घाटन गर्नुभएको शिबिरमा यस्ता योजनाहरु भोलिका दिनमा पनि सञ्चालन हुने बताउनुभयो । कार्यक्रममा पशु चिकित्सक सहित १२ जना पशु डाक्टरहरुले सेवा प्रदान गरेका थिए । बेलकोटगढी नगर २ का अध्यक्ष रमेशप्रसाद न्यौपाने लगायतले सहयोग प्रदान गर्नुभएको जनाईएको छ । यो घुम्ती शिबिर आजबाट समापन हुने बागबानी बिकास अधिकृतले जानकारी दिनुभएको छ ।

बैशाख २९, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments