नुवाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

नुवाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

chatyang-photo-1

बैशाख २९ । नुवाकोटको पश्चिमी भेगमा रहेको डिगाउंमा चट्याङले लागेर एक वृद्धको ज्यान जानुकासाथै घरमा आगलागी भएको छ । नुवाकोट म्यागङ गाउँपालिका–४ डिगाउंमा गए राति घरमा बसिरहेको बेला चट्याङ लागेर ६८ वर्षीय निङवहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
चट्याङले निङबहादुरको घरमा आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए । हावाहुरीसहित परेको चट्याङले निङबहादुरको एउटा दुहुनु भैंसी मरेको र चार वटा वाख्रा घाइते भएको भट्टराईले बताए । मृतकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगीएको छ ।
बैशाख २९, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments