नुवाकोटको पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा

नुवाकोटको पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा

khulla disha

नुवाकोट । शनिबार पञ्चकन्या गाउँपालिकालाई खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचवटा वडामा रहेका तीन हजार ८४० परिवार मध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसँगै खुला दिशामुक्त क्षेत्र भएको हो ।

गाउँपालिकाभित्र भर्खर दुई वर्ष उमेर पूरा गरेका २६८ जना बालबालिका सबैले आवश्यक ११ प्रकारका खोप लिएकाले पूर्ण खोपयुक्त गाउँपालिकासमेत भएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन् ।

बाह्रमध्ये बाँकी तीन स्थानीय तहलाई पनि आगामी साताभित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गरी सिङ्गो जिल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य छ ।

२०७५ जेठ ६ गते  प्रकाशित

Facebook Comments