नुवाकोटको जनजागरण सामुदायिक पुस्तकालयलाई पहुँचयुक्तता अवार्डले सम्मान

नुवाकोटको जनजागरण सामुदायिक पुस्तकालयलाई पहुँचयुक्तता अवार्डले सम्मान

Janajagaran-pustakalaya

नुवाकोट । नुवाकोटको बेलकोट गढी नगरपालिकावडा नं। २ कुमरीमा रहेको श्री जनजागरण सामुुदायिक पुस्तकालय स्रोत केन्द्रले सन २०१८ को पहुँचयुक्तता सम्बन्धी अवार्ड हात पार्न सफल भएको छ । अपाँगता भएका व्यक्तिहरुको २७ औँ अन्तराष्ट्रिय दिवसको दिन पुस्तलकायले उक्त अर्वाड हातपारेको हो ।

पुस्तकालयले अपाँगता भएका व्यक्तिहरुको क्षेत्रमा गरेको कार्य, पुस्तकालय भवन अपाँगता मैत्री साथै पुस्तकालयका सेवा सुविधामा पनि अपाँगता भएका व्यक्तिहरुलाई समेत सहज र सजीलो हुने खालका अध्ययन तथा प्रयोगका सामाग्रीहरु व्यवस्था गरेकोले जनजागरण सामुुदायिक पुस्तकालयलाई उक्त अवार्ड प्रदान गरीएको राष्ट्रिय अपाङ्ग महासँघ नेपालले जनाएको छ ।

कार्यक्रममा नेपालका बिभिन्न अपांगताका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु, अपांगता भएका व्यक्तिहरु लगायतका हजारौँ व्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रत्येक वर्ष प्रदान गरीने यस अवार्डका लागी महासँघले नेपाल भरका अपाँगताको क्षेत्रमा कामगर्ने संघ संस्थाहरु मध्ये बाट उत्कृष्ठलाई सम्मान गर्दै आइरहेको छ । त्यसकारण सोहीअनुुरुप यस वर्षको पहुुचयुुक्तता अवार्ड पुस्तकालयले पाएको हो । उक्त अवार्ड महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री माननीयश्री थममाया थापाले प्रदान गर्नुभएको थियो ।

रिड नेपाल तथा ए।एस वि को आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित पुस्तकालय २०७५ बैषाख २० गते उद्घाटन भएको हो । बहुप्रकोप प्रतिरोधात्मक अपाङ्गगता मैत्री पुस्तकालयमा पुस्तकालयकक्ष, बालकक्ष, महिलाकक्ष, युवाकक्ष, सभाहल, समाबेशी विपद जोखमि न्युनिकरण कक्ष, आई सि टि कक्ष र श्रव्य दृक्ष कक्ष गरी जम्मा ७ वटा कक्षहरु रहेका छन् ।

पुस्तकालयमा अपांगता भएका व्यक्तिहरुको लागी पनि सांकेतीक भाषाका पुस्तक, ब्रेल पुस्तक र डेजी पुस्तक लगायत, श्रवण यन्त्र जस्ता पहुुँच योग्य प्रयोगका सामाग्री राखिएको पुस्तकालयले जनाएको छ । सम्मान पुस्तकालयका अध्यक्षीश्री रामचन्द्र तिमल्सिनाले ग्रहण गर्नुभएको थियो ।

२०७५ मँसिर २०  गते प्रकाशित

Facebook Comments