नुवाकोटको कुमरीमा आँखा शिविर सन्चालन

नुवाकोटको कुमरीमा आँखा शिविर सन्चालन

sibir

नुवाकोट । नुवाकोटको कुमरीमा आँखा शिविर संचालन गरिएको छ। बेलकोटगढी नगरपालिकाको कुमरीमा एक दिने आँखा उपचार शिविरको आयोजना गरिएको हो ।

नुवाकोट सामुदायिक आँखा केन्द्र र सुकमान मेमोरियल पोलिक्लिनिकद्वारा आयोजित आँखा शिविरमा कुमरी तथा चाउथे आसपासका १ सय ५० जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ । शिविरमा १६ जना मोतियाबिन्दु भएका बिरामीको छनोट गरी निःशुल्क शल्याक्रियाका लागि सिफारिस गरिनुका साथै निःशुल्क चस्मा वितरण गरिएको जनाईएको छ ।

२०७६ बैशाख २३ गते प्रकाशित

 

Facebook Comments