नारायणगढ–मुग्लिन सडकखण्डको ९ स्थानमा पहिरोको जोखिम, नियन्त्रण गर्न ठेक्का लगाइँदै

नारायणगढ–मुग्लिन सडकखण्डको ९ स्थानमा पहिरोको जोखिम, नियन्त्रण गर्न ठेक्का लगाइँदै

Narayangadh-Muglin-Road

जेठ २५ । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोको जोखिम घटाउने गरी पहिरो नियन्त्रणको काम गर्न ठेक्का लगाइदै छ । पहाड काटेर बनाएको सडकमा बर्षातको समयमा पहिरोले दुःख दिन सक्ने भएकोले जोखिममा रहेको पहिरो नियन्त्रणका लागि काम गर्न ठेक्का लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले बताएको छ ।
३३ दशमलव २ किलोमिटर दुरी रहेको सडकमध्ये १७ दशमलव १ किलोमिटर सडक विस्तारका लागि भित्ता पहाड काटिएको थियो । सडक निर्माणको काम सकिए पनि पहिरोको चिन्ता अझै कायम छ । नारायणगढदेखि मुग्लिनसम्मको सडकखण्डको ९ स्थानमा पहिरोको जोखिम मानिएको छ ।
सडकखण्डको १७ किलो र २६ किलोमा पर्ने तल्लो भागमा पहिरोको जोखिम रहेको छ । सडकखण्डको माथिल्लो भाग अन्तर्गत कालिखोला, तोपेखोला, चारकिलो, जलविरे, घुमाउने गाइघाट क्षेत्र जोखिममा रहेको छ । सडक विभाग विकास सहायता महाशाखाले सडकखण्डमा पहिरो नियन्त्रण गर्नका तल्लो क्षेत्र र माथिल्लो क्षेत्रका लागि २ वटा ठेक्का दिन लागेको महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
१० भित्रमा ठेक्दार छनौट भइसक्ने बताउँदै उनले असार १५ गतेदेखि मंसिर मसान्तसम्म काम गर्ने समय अवधी रहने जानकारी दिए । सडकखण्डको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण गर्नका लागि ६ करोड र माथिल्लो क्षेत्रमा पहिरो नियन्त्रणको काम गर्न १३ करोडको लागतमा ठेक्का लगाइने थापाले जानकारी दिए ।

जेठ २५, २०७६ प्रकाशित 

Facebook Comments