नागढुङ्गाबाट लागुऔषध सहित एक युवा पक्राउ

नागढुङ्गाबाट लागुऔषध सहित एक युवा पक्राउ

BXTM63 male hands tied with handcuffsBXTM63 male hands tied with handcuffs

धादिङ, माघ २४ । अवैध लागु औषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। उपत्यका भित्रिने नाका नाग ढुङ्गा चेकपोस्टबाट सोलुखुम्बु सल्लेरी नगरपालिका ५ घर भएका २० वर्षीय छिरिङ शेर्पालाई नियन्त्रणमा लिएको महागरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

जनकपुरबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसमा सवार शेर्पाले शरीरमा लुकाए ४ सय ५० थान नाईट्राभेट ट्यावलेट ल्याएको प्रहरीले जनाएको छ। शेर्पालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माघ २४ , २०७५ प्रकाशित

Facebook Comments