नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

thkaedar-696x522

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी र ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिसहित अनुगमनमा पुगेका मन्त्री महासेठले सडकको चौडाइ घटाएरै भए पनि आवागमन सहज बनाउने दाबी गरेका छन् ।

मन्त्री महासेठले एक महिनाभित्र सडक विस्तारले गति नलिए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएका पनि दिएका छन् ।

ठेकेदारको कामप्रति असन्तुष्टि जनाउँदै उनले जनतालाई राहत हुने काम नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री सँगै अनुगमनमा पुगेका ठेकेदार सैलुङ कम्पनीका प्रतिनिधि नबराज सुबेदीले भने मन्त्रीको भनाइ प्रती असहमती जनाउदै भदौ भित्र सडक सुधार असम्भब रहेको बताएका थिए ।

सडक विभागले ठेक्काको म्याद थप गरेको छ । कम्पनी सैलुङ कन्स्ट्रक्सनले ठेक्का सम्झौता भएको चार बर्ष वितिसक्दा पनि ४० प्रतिशत काम गरेको छ । सडक खण्डमा पर्ने दुई पुलको टेन्डर समेत भएको छैन ।

२०७५ साउन १२ गते प्रकाशित

Facebook Comments