नवज्योती बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न

नवज्योती बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न

नवज्योती बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभाको तस्बिरनवज्योती बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभाको तस्बिर

धार्के। नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड धुनिबेशी ६ धार्के धादिङको १२ औँ साधारण सभा सम्पन्न भएको छ ।पौष २१ गते भएको साधारण सभा संस्थाको सभाहल धार्के बजारमा सम्पन्न भएको हो । सहकारीले धादिङको धुनिबेशी र थाके्र लाई आफ्नो कार्य क्षेत्र बनाए काम गरी रहेको छ । २०६३ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष अर्जुन आचार्य जानकारी दिनु भयो । sahakari
कुल १४५६ जना सदस्य रहेको सहकारी संस्थाको शेयर पुँजी १ करोड २५ लाख ३९ हजार १ सय रहेको अध्यक्ष आचार्यले बताउनु भयो । संस्थाका अध्यक्ष अर्जुन आचार्यको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, संम्बृद्धी बचत तथा ऋण सहकारी संस्थाका सचिब राजु प्रसाद रेग्मी, उदय बहुउदेश्यिय कृषि सहकारी संस्था का अध्यक्ष बासुदेव बाँस्कोटा , उत्प्रेरणा महिला सहकारी संस्थाका अध्यक्ष शारदा पाण्डे, आधारशिला उद्यमी महिला सहकारी संस्था का उपाध्यक्ष संगिता आचार्य, समाजसेवी कृष्ण पन्त लगायतको आतिथ्यता रहेको थियो ।
२०७५ पौष २२ गते प्रकाशित

Facebook Comments