धुनिबेशी नगरको अर्धबाशिक समिक्षा कार्यक्रम सम्पन्न

धुनिबेशी नगरको अर्धबाशिक समिक्षा कार्यक्रम सम्पन्न

dhunibeshi-1

महेश्वर सुबेदी
खानिखोला ।धादिङको धुनिबेशी नगरपालिकाले आज अर्धबाशिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ।आर्थिक बर्ष २०७५र७६ को बार्शिक नीति कार्यक्रम अनुसार बितेका ६ महिनामा के के क्षेत्रमा के कत्ती काम गर्न सकियो र बाकी समयमा के गर्न सकिन्छ भन्ने सन्द्रभमा रहेर कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वडाहरुले अहिलेसम्म गरेका काम ,राजस्व संकलन ,बिशयगत शाखाबाट अहिलेसम्म प्रदान गरिएका सेवा सुबिधा तथा कामहरु,पुर्न्निर्माणमा अहिलेसम्म भएका प्रगतिहरु लगायत समग्रमा नगरपालिकाले अहिलेसम्म गरिएका काम र प्रदान गरिएको सेवा सुबिधा बारेमा समिक्षा गरिएको थियो भने आर्थिक बर्षको बाँकी समयमा के कत्ती काम गर्न सकिन्छ भनेर पनि छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी वडाअध्क्षहरुले आफुहरुले वडामा भैरहेका योजनाहरुको बारेमा जानकारी गराएका थिए भने केही योजनाहरुमा अझैसम्म सम्झौता गर्न उपभोक्ता जागरुक नभएकोले काम गर्न असजिलो भएको बताए।समिक्षा कार्यक्रममा यो आर्थिक बर्षको गएको छ महिनामा शिक्षा शाखा,स्वास्थ्य शाखा,पशु शाखा,कृषि शाखा लगायतका शाखाले गरिएका कार्यक्रमहरुको प्रतिबेदन सम्बन्धित शाखाका कर्मचारीले प्रस्तुत गरिएको थियो ।साथै भुकम्पपछिको पुर्ण्निमाणमा अहिलेसम्म धुनिबेशी नगरपालिकामा भएको प्रगती र अहिलेसम्मपनि कतिपय घरधनिले घर निर्माण गर्न ढिला भैरहेकोमा छलफल भएको थियो ।

कार्यक्रममा प्रगती प्रतिबेदन प्रस्तुत गर्दै पुर्न्निर्माण प्राधिकरणबाट धुनिबेशी नगरपालिकामा कार्यरत इन्जिनियर सन्जु भण्डारिले नगरपालिकाको केही वडाहरुमा निजि घर पुर्न्निरमाणको काम कम भएकाले सो कार्यमा सहजीकरण गर्न जनप्रतिनिधिनिधिहरुलाई अनुरोध गरेका थिए।साथै छिट्टै पुर्ण्निर्माणको काम स्थानिय तहलाई हस्तान्तरण गर्न लागेको जानकारी आएकाले नियमावली र निर्दे्शिका आउनेबित्तिकै हस्तान्तरण हुने जानकारी आफुलाई भएको बताए।कार्यक्रममा सहभागी ईलाका प्रहरी कार्यलय खानिखोलाका प्रहरी निरीक्षक उदब पोखरेलले घरेलु हिंसा ,महिला हिंसा लगायतका कार्यहरु नियन्त्रण गर्न घरेलु मदिराको उत्पादन र बिक्रीवितरण नियन्त्रणमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो साथै राजमार्गमा हुने सबारी जाम र दुर्घटना कम गर्न बिग्रेका र दुर्घटनामा परेका सबारी साईड लगाउने जग्गाको ब्यस्थापन,सडक फुटपाथको निर्माण,रातिको समयमा सडक बत्ती र सिसिटिभिको ब्यस्थापनमा ध्यान दिन अनुरोध गरेका थिए।कार्यक्रममा आफ्नो भनाई राख्दै नगरप्रमुख बालकृष्ण आचार्यले अहिले भैरहेका योजनाहरु सन्तोसजनक रहेको बताउदै सम्झौता हुन नसकेका योजना छिटै सम्झौता गरि काम गर्न र काम नहुने अबस्था आए बजेट परिवर्तन गरि अपुग भएको योजनामा काम गर्न लाग्नुपर्ने बताउनुभयो ।धुनिबेशी नगरपालिकाले आर्थिक बर्ष २०७५र ७६ को लागि पुजिगत तर्फ २२ करोड ७२ लाख २७ हजार र चालुतर्फ ३२ करोड ६४ लाख २४ हजार बजेट बिनियोजन गरेकोमा अहिलेसम्म कुल २१।३५ प्रतिशत खर्छ गरेको छ भने २ करोड ५३ लाख ५९ लाख ४५० राजस्व आम्दानी गरेको छ।


२०७५ फाल्गुन ०९ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments