धार्के सितापाईला सडक छिटो बनाउन धादिङ प्रदेश सभा सद्स्य राजेन्द्रप्रसाद पान्डेको अनुरोध

धार्के सितापाईला सडक छिटो बनाउन धादिङ प्रदेश सभा सद्स्य राजेन्द्रप्रसाद पान्डेको अनुरोध

sitapila-dharke-1

महेश्वर सुबेदी धुनिबेशी धादिङ ।

उपत्यका भित्रीने बैकल्पिक मार्गको रुपमा हेरिएको धार्के सितापाईला सडक छिटो बनाउन धादिङ प्रदेश सभा सद्स्य राजेन्द्रप्रसाद पान्डेले अनुरोध गरेका छन । बर्षाको समय नजिकिएकाले तथा स्थानिय नागरिकहरुले सास्ति र दु :ख भोग्नु परेकाले तुरुन्त सडक निर्माण कार्य सुचारु गर्न ठेकेदार र प्रादेसिक सडक डिभिजन कार्यलय नुवाकोटलाई अनुरोध गरेका हुन् ।

सँघियतामा गएसँगै सडक निर्माणको काम कसले हेर्ने भन्ने अन्योलका कारण निर्माण अबरुद्द भएको धार्के सितापाईला सडक खन्डको ठुलोखोला धार्के क्षेत्रको अबलोकनपछिको छलफल कार्यक्रममा पान्डेले काम छिटो अगाडि बढाउन अनुरोध गर्नुभएको हो । धुनिबेशि नगरपालिका वडा न ५ को वडा अध्यक्ष कृष्ण कुमार रेग्मी र प्रदेश साँसद राजेन्द्र प्रसाद पान्डेको पहलमा वडा कार्यलयमा भएको छलफल कार्यक्रममा आफुलाई नगरपालिका प्रमुख, उपप्रमुख वडा अध्यक्षहरु सहितका जनप्रतिनिधि स्थानिय नागरिक र अन्य ब्यक्तिहरुबाट सडक छिटो बनाउन पहल गरिदिन दबाब आईरहेकोले काम सुचारु गर्न अनुरोध गरेको बताए ।

छलफल कार्यक्रममा सहभागि सडक डिभिजन कार्यलय नुवाकोटका प्रमुख निरज शाक्यले अहिलेसम्म भएका कामहरुको बिल तथा कार्य्बबरण पेश गर्न ठेकेदार कम्पनिलाई अनुरोध गर्दै आफुले भुक्तानि छिटो दिलाउन प्रयास गर्ने बताउदै काम अगाडि बढाउन र कामका लागि आफुले सहजिकरण गर्ने बताएका छन् । बर्षाको समय आईसकेकाले बर्षा अगाडिनै काम सक्नेगरि काम गर्न ठेकेदारलाई निर्देशन् दिँदै काम जिरो अबस्था नराख्न समेत अनुरोध गर्नुभयो ।
छलफल कार्यक्रममा सहभागि ठेकेदार कम्पनिहरु कोशि एन्ड न्यौपाने र दिब्य ज्योति कन्ट्रक्सनका प्रतिनिधिहरुले आफुहरुलाई अहिलेसम्म भएका कामहरुको छिटो भुक्तानि दिएर काममा सहजिकरण गर्दिए एक हप्तापछि नै काम सुचारु गर्ने बातएका छ्न । धुनिबेशि ५ का वडा अध्य्क्ष कृष्ण कुमार रेग्मिले आफुलाई सडक नबनेका कारण स्थानिय नागरिकहरुले दिनहुँ गुनासो राख्दै आएको बताउदै बर्षा अगाडि बाटो नबने स्थानियको दैनिकिमानै असर पर्ने बताए । सडक अबलोकनपछिको छलफल कार्यक्रममा वडा अध्यक्ष कृष्ण कुमार रेग्मि, सासद राजेन्द्र प्रसाद पान्डे सडक डिभिजन कार्यलय नुवाकोटका प्रमुख निरज शाक्य, ठेकेदार कम्पनिका प्रतिनिधिहरु लगायत स्थानिय नेताहरुको सहभागिता थियो ।

धार्के सितापाईला सडकको ठुलोखोला धार्के क्षेत्रको अबलोकनको लागि आउने क्रममा साँसद पान्डे सहितको टोलिलाई धुनिबेशि २ मा स्थानियहरुले छिटो सडक बनाउन माग गर्दै बाटोमा काठ राखेर केहिबेर अबरोध समेत गरेका थिए । बाटो अबरोधपछि नागरिकहरुलाई सम्झाउदै पान्डेले आफु छिटो सडक बनोस भनेर निरन्तर पहलमा लागेको बताउदै बिभिन्न समस्याका कारण ढिलो भैरहेको काममा अब सहजता हुने बताएका थिए ।

कलंकी नौबिसे सडकखन्डमा हुने सवारी चाप र विग्रिएको सवारी साधनको कारण घन्टौंसम्म हुने सडक जामलाई व्यवस्थित गर्न र सहज सवारी आवागमनका लागि सरकारले सितापाईला धार्के सडकखन्ड निर्माणगरी सवारी चलाउने निर्णय गरेको थियो ।
निर्माण कार्य अबरुद्द भएपछि केहि समय अगाडि मात्रै स्थानीयवासी धार्के सितापाईला सडकको विषयमा छलफल गर्न धादिङ क्षेत्र नम्बर १ बाट निर्वा्चित सांसद भुमी त्रिपाठी र प्रदेश सासद राजेन्द्रप्रसाद् पान्डेलाई भेट्न पुगेका थिए । प्रदेश सासद पाण्डेकोमा सडकको अवस्थाका बारेमा छलफल गर्न धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, वडा नम्बर १ का अध्यक्ष चन्द्र तामाङ, नेकपा नेता कुमार पाण्डे लगायत सरोकारवाला व्यक्तिहरु पनि पुगेका थिए । ठेकेदार कम्पनिहरु कोशि एन्ड न्यौपाने र दिब्य ज्योति कन्ट्रक्सनका दुवै ठेकेदारलाई पटक, पटक बोलाएर काममा ढिलासुस्ती नगर्न नेता पाण्डेले दबाब दिदै आएका थिए ।

धार्के सितापाईला सडक अन्तर्गत ठुलोखोला धार्के सडकको जिम्मा कोशी एण्ड न्यौपाने कन्सट्रक्शन र दिब्य ज्योति कन्ट्रक्सनले पाएका थिए । यि दुबै ठेकेदार कम्पनिहरुले धार्केदेखि ठुलोखोला सम्मको करिब १३ किलोमिटर सडकमा नाला बनाउने , कल्भट बनाउने , ड्रेन वाल लगाउने ,ग्राभेल गर्ने लगायतका कार्यहरु गर्नुपर्ने भएकाले कसले कताबाट कत्ति काम गरियो र अब कत्ति काम् गर्ने भन्ने अन्योलका कारण र गरेका कामहरुको समयमा भुक्तानि नपाउदा सडक निर्माणको काम गत फागुनदेखि रोकिएको थियो ।

२०७६ बैशाख २९ मा प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments