धार्के सितापाईला र भिमढुङगा लामिडाँडा सडक केन्द्र सरकारबाट निर्माण : राजेन्द्र पाण्डे

धार्के सितापाईला र भिमढुङगा लामिडाँडा सडक केन्द्र सरकारबाट निर्माण : राजेन्द्र पाण्डे

IMG20190303131020

सन्तोष सुवेदी
धुनिबेशि, फाल्गुण २० । धार्के सितापाईला सडक र भिमढुङगा लामिडाँडा सडक केन्द्र सरकार मातहत नै रहेर निर्माण हुने प्रदेश ३ का प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले बताउनुभएको छ । धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ४ मा रहेको कालिका आधारभुत बिद्यालयको ई पाठशााला उद्घाटन समारोहमा बोल्दै उहाँले ५० किलोमिटर भन्दा छोटो दुरीका सडक सबै प्रदेश सरकारको मातहत आए पनि प्रदेश सरकारमा कर्मचारी तन्त्रको अभाव, ईन्जिनियरको कमी लगायतका कारण निर्माणमा ढिलाई हुने भन्दै दुई वटा सडकलाई केन्द्र सरकारकै मातहतमा रहेर निर्माण हुने ब्यबस्था मिलाईएको बताउनुभयो ।
माथिल्लो सदनमा यी सडकलाई केन्द्र सरकारकै मातहतमा रहेर अगाडी बढाउन प्रधानमन्त्री केपि शर्मा ओली, भौतिक पुर्बाधार मन्त्रालयमा आग्रह गर्दा प्रदेश सरकारले काम गर्न नसक्ने भन्ने पत्र बुझाएपछि यी सडक केन्द्रबाट निर्माण हुने भएको नेता पाण्डेले बताउनुभयो ।
“माननिय राजेन्द्र प्रसाद पाण्डेले दिएका सडकहरु मध्ये दुईटा सडक भिमढुङगा लामिडाडा सडक र धार्के सितापाईला सडक केन्द्रबाट बनाउने गरि पाठाईदिउँ भनेर प्रदेशले निर्णय गरेर पठाएकोमा केन्द्रले पनि निर्णय सदर गरेको छ” , पाण्डेले भने “अब केन्द्रमा सानो निर्णय बाँकी रहेको छ, केहि दिनमा यी दुईटा सडक केन्द्र सरकारबाट नै काम हुने बातावरण भईरहेको छ ।”
अन्य सडकहरुको सन्दर्भमा प्रदेश सँग मिलेर प्रदेशको आधा पैसा र नगरपालिकाको आधा पैसा, केन्द्रले ४० प्रतिशत रकम र नगरपालिकाले ६० प्रतिशत हाल्ने गरि केहि रकम माग भएकाले केहि काम भईरहेको र अरु हुनेक्रममा रहेको पाण्डेले बताउनुभयो ।
देशमा निर्माण हुने सबै आयोजनाको लागी स्थानिय देखि सबै मातहतका सरकारको सहयोग हुनुपर्ने बताउनुभयो । निर्माणाधिन रहेका बिभिन्न सडकहरु अबका केहि बर्षमा निर्माण सम्पन्न हुने बताउनुभयो ।
कालिका आधारभुत बिद्यालयमा आईतवार सञ्चालित ई पाठशाला उद्घाटन समारोहमा धादिङको धुनिबेशिनगरपालिकामा रहेका सबै बिद्यालयमा बिद्युतिय पढाई सुरु गर्नुपर्ने बताउनुभयो । कम्प्युटर शिक्षा बिनाको मान्छे अधुरो हुने भन्दै माननिय नेता पाण्डेले आफ्ना बालबच्चाहरुलाई बिद्युतिय सिकाईमा जोड दिनुपर्ने बताउनुभयो ।

फाल्गुण २०, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments