धादिङ सिद्धलेक ५ मा खानेपानी आयोजनाक‍ो अनुगमन

धादिङ सिद्धलेक ५ मा खानेपानी आयोजनाक‍ो अनुगमन

बैशाख २६ । धादिङ सिद्धलेक गाउँपालिका ५ मा निर्माणकार्य हुँदै गरेको खानेपानी आयोजनाक‍ो बुधबार अनुगमन सम्पन्न भएको छ । पुर्णिामा परियोजना अन्तरगत आपँटार,स्याखुटारको घर घरमा धारा मार्फत सम्पन्न हुने खानेपानी आयेजनाको साझेदार निकाय,डिफिड, मटम्यागडोनाल्ड,गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल ,वडाध्यक्ष लगायत सरोकारवाला निकायका पदाधिकारीहरूबाट स्थलगत अनुगमन तथा निरिक्षण गरिएको हो ।
सिद्धलेक गाउँपालिका ५ मा रहेको ३९ घर धुरीमा घर घरमा धारा जडान मार्फत खानेपानी उपलब्धताको लागि गाउँपालिकाको समन्वयमा र अक्सफामको साझेदारीमा स्थानीय प्रयास धादिङबाट आँपटार स्याखुटार खानेपानी योजना संचालित रहेको छ ।

कुल लागत २० लाख १४ हजार ९ सय ७३ रहेको योजनामा स्थानीय उपभोक्ताहरुले ५ लाख ४० हजार ३ सय ७९ बराबरको पाईपलाईन खन्ने पुर्ने कार्यमा जनश्रमदान गर्नुपर्ने उपभोक्ता समितिका अध्यक्ष भावना घलेले जानकारी दिनु भयो । महिलाहरु मात्रै समितिमा रहेर संचालन गरिएको योजना नमुना योजनाको रुपमा सम्पन्न गर्ने अनुगमनको क्रममा अध्यक्ष घलेले सुनाएको कार्यक्रम संयोजक ईन्जिनियर भरत अधिकारी बताए ।

सिद्धलेक गाउँपालिकालाई तिर्खा मुक्त गाउँपालिका बनाउने लक्ष्य अनुसार विभिन्न सहयोगी संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै विकास योजना संचालन गर्ने गरिएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो । सिद्धलेक गाउँपालिका वडा नंं४ को सुबिटार,आधमारा,चापडि लगायत गाउँ बस्तीको लागि खानेपानी योजनाको कार्य हुँदै गरेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो । यस‌ैगरी बुधबार नै फोकस नेपालले सिद्धलेकको काम्राङमा निर्माण सम्पन्न गरेको खानेपानी योजनाको समेत अनुगमन गरिएको छ ।

गाउँपालिकाले ४० लाख खर्च गरि डिपबोरिङ गरि पानी निकालेको स्थानबाट ३९ गरीको खर्चमा १२४ घर,घरमा धारा जडान मार्फत खानेपानी योजना सम्पन्न भएको जनाईएको छ ।
बैशाख २६, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments