धादिङ सिद्धलेक र ज्वालामुखि गाउँपालिकामा शान्ति नेपालको सहयोगमा केराको बिरुवा बितरण

धादिङ सिद्धलेक र ज्वालामुखि गाउँपालिकामा शान्ति नेपालको सहयोगमा केराको बिरुवा बितरण

kera

सन्तोष सुवेदी
जेठ १ । धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर १ र ज्वालामुखि गाउँपालिका वडा नम्बर ४ को टारीमा केराको बिरुवा बितरण गरिएको छ । शान्ति नेपालको सहयोगमा जि नाईन जातको केराको बिरुवा बितरण गरिएको शान्ति नेपालका परियोजना संयोजक ईन्द्रमान शाक्यले जानकारी दिनुभयो । केराको बिरुवा सिद्धलेकमा १६ सय जना र ज्वालामुखिमा १५ सय जनालाई बितरण गरिएको हो । प्रत्येक १ जना कृषकले ९३ देखि १ सय ३५ बोट सम्म पाएका न् । केराको बिरुवा बितरण गर्नुभन्दा पहिले २७ जना कृषक हरुलाई शान्ति नेपालले आधारभुत केरा खेती सम्बन्धि तालिम प्रदान गरेको थियो ।
केराको बिरुवा पाएपछि कृषकहरु हर्षित भएका छन् । प्राबिधिक ज्ञान र उन्नत जातको बिरुवा शान्ति नेपालले बितरण गरेकोप्रति धन्यवाद दिँदै किसानहरुले अबको २ बर्ष भित्र हाम्रो गाउलाई केरा खेतीको नमुना गाउँ बनाउने उद्घोष समेत गरेका छन् । समुदायलाई उपयुक्त कृषिको पकेट क्षेत्र बिकास गर्दै ब्यबसायिक कृषि तर्फ उन्मुख गराउने उदेश्यले शान्ति नेपालले यसलाई प्राथमिकताका साथ अगाडी बढाएको परियोजना सँयोजक शाक्यले बताउनुभयो ।
कार्यक्रममा सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवालले गाउपालिकाको प्रमुख प्रथामिकताको क्षेत्रमा रहेको कृषि क्षेत्रमा शान्ति नेपालले सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले अब एक गाँउ एक उत्पादनको अबधारणाले समुदाय समृद्ध बन्ने आश्वासन समेत दिनुभयो । साथै उहाँले आगामी दिनमा जस्तोसुकै सहयोग गर्न सिद्धलेक गाउँपालिका तयार रहेको बताउनुभयो ।
सिद्धलेक गाउपालिका वडा नं. १ बाँजोगराको एक कृषक समुहमा आयोजना गरिएको केराको बिरुवा बितरण तथा केरा पकेट क्षेत्र बिस्तार अन्र्तक्रिया कार्यक्रममा सिद्धलेक गाउपालिका प्रमुख प्रेम नाथ सिलवाल, वडा नं. १ को वडा अध्यक्ष चन्द्र सिलवाल, कृषि शाखा प्रमुख छबिलाल गुरुङ स्वास्थ्य संयोजक राम प्रसाद सिलवाल, शान्ति नेपालको परियोजना संयोजक ईन्द्रमान शाक्य को उपस्थिती रहेको थियो । गाउपालिका प्रमुख प्रेम नाथ सिलवाल द्धारा कृषक हरुलाई बिरुवा हस्तान्तरण गरिएको हो ।
जेठ १, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments