धादिङ सहित ३ जिल्लाका प्रहरी प्रमुख फेरिए

धादिङ सहित ३ जिल्लाका प्रहरी प्रमुख फेरिए

prahari logo

प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ। धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख परिवर्तन गरिएको हो।धनुषाका एसपी गोविन्द थपलियालाई सरुवा गरेर ललितपुर परिसर पुर्याएको छ। धादिङका प्रहरी प्रमुख डम्बरबहादुर विकलाई सरुवा गरेर प्रहरी शिक्षालय पुर्याइयो भने सिन्धुलीका रामेश्वर यादवलाई जिल्ला प्रहरी प्रमुखबाट हटाएर उनलाई जगेडा राखिएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुलीको प्रहरी प्रमुखमा चक्रबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ । यस्तै धनुषाको एसपीमा शेखर खनाल, धादिङको एसपीमा राजकुमार वैदवारलाई नियुक्त गरिएको छ।


माघ १७, २०७५ प्रकाशित

Facebook Comments