धादिङ थाक्रे ४ मा SVC परियोजनाले सञ्चालन गर्ने क्रियाकलापका बारेमा अन्तरक्रिया

धादिङ थाक्रे ४ मा SVC परियोजनाले सञ्चालन गर्ने क्रियाकलापका बारेमा अन्तरक्रिया

53212880_1055211858020552_8006457619776536576_n (1)

सन्तोष सुवेदी
धुनिबेशि, फाल्गुण २७ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा आज अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । चन्द्र ज्योति एकिकृत ग्रामिण बिकास समाज नेपाल सिड्स धादिङ र युनाईटेड मिसन टु नेपाल धादिङको सुरक्षा परियोजना

SVC  अन्तर्गत रहेर थाक्रे गाउँपालिका वडा नम्बर ४ का जनप्रतिनिधीहरु र मुख्य सरोकारवालाहरुलाई थाक्रे ४ को वडा कार्यालयमा SVC परियोजनाले सञ्चालन गर्ने क्रियाकलाप, बजेट, वडामा हुने गतिबिधीका बारेमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ४ नम्बर वडामा रहेका ७ वटा बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरु, बाल क्लवका प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको सोहि परियोजनाकी सामाजिक परिचालिका सपना प्याकुरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा SVC परियोजनाका कार्यक्रम अधिकृत दिलबहादुर रम्तेलले सहजीकरण गर्नुभएको थियो भने युएमएन धादिङका सुशासन अधिकृत सुरेश परियारको आतिथ्यता रहेको थियो । कार्यक्रममा २७  जनाको उपस्थिती रहेको समेत सपना प्याकुरेलले जानकारी दिनुभयो ।

फाल्गुण २७, २०७५ प्रकाशित

Facebook Comments