धादिङ कृषी पर्यटन तथा औद्योगिक मेला हुने

धादिङ कृषी पर्यटन तथा औद्योगिक मेला हुने

mahotsab 1

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौँदीमा धादिङ कृषी पर्यटन तथा औद्योगिक मेला हुने भएको छ । यहि मँसिर १४ गते देखी २३ गते सम्म हुन लागेको उक्त मेला धादिङ उद्योग वाणिज्य सँघ दक्षिणी क्षेत्रिय समितीको आयोजना तथा बेनिघाट रोराङ गाउँपालिकाको सहआयोजनामा हुन लागेको हो ।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषी जलस्रोत पर्यटन तथा उद्योगको पुर्वाधार भन्ने नारा सहित हुन लागेको मेलामा विभिन्न प्रदर्शनी तथा मनोरन्जनात्मक प्रस्तुती रहने आयोजकले नागरिकपाटीलाई जानकारी दिएको छ ।

आयोजकका अनुसार मेलामा कृषी प्रर्दशनी, त्रिशुली नदिमा ¥याफ्टिङ, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी लगायत रमाईलो मेला रहनेछ । मेलामा कलाकारहरु पशुपती शर्मा, प्रिती आले, बद्रि पँगेनी, प्रमोद खरेल, शिव परियार, रामजी खाँड, पुर्णकला विसी, बविता बानिँया जेरी लगायतको प्रस्तुती रहने जनाईएको छ ।

 

Facebook Comments