धादिङमा माइक्रो र बस जुध्यो, दुईको मृत्यु

धादिङमा माइक्रो र बस जुध्यो, दुईको मृत्यु

accident-1

असार १५ । धादिङमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ बस्ने २७ वर्षीय श्याम कुमार श्रेष्ठ रहेका छन् भने एक महिला महिलाको परिचय खुल्न नसकेको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

आइतबार बिहान धादिङ बेनिघाट रोराङ गा पा ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नंको बस र चितवनबाट काठमाडौं जाँदै गरेको क्रममा बा ३ ख १००४ नं।को माइक्रो र बा २ ख ४५६७ नं को माइक्रो एक आपसमा ठक्किँदा गाडीमा सवार ३२ यात्रु घाइते भएकोमध्ये २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो प्रहरीले बताएको छ।

अन्य घाइतेलाई उपचारको लागि राजमार्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि १८ जनालाई काठमाडौं रफेर गरिएको छ। गजुरी अस्पतालमा ७ जनाको उपचार भइरहेको छ भने चरौदी अस्पतालमा २ जना उपचाररत छन्। ३ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । बा ३ ख १००४ नं को बस चालक जिल्ला नवलपरासी मध्यबिन्दु न।पा।७ बस्ने २७ वर्षीय रवीन खड्का प्रहरी नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ।
असार १५ २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments