धादिङबेसी–सल्यानटार सडकमा कालोपत्रे सुरु

धादिङबेसी–सल्यानटार सडकमा कालोपत्रे सुरु

kalopatre dhading

धादिङ । धादिङबेंसी–सल्यानटार आरुघाट सडकखण्डमा कालोपत्रे सुरु गरिएको छ। यो सडकको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट कालोपत्रेको काम सुरु गरिएको धादिङबेंसी आरुघाट गोरखा सडक आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए।

 जिल्ला सदरमुकाम धादिङबेंसीबाट सल्यानटार जोड्ने २६ किलोमिटर लम्बाईको सडक आगामी असार मसान्तसम्ममा स्तरोन्नतिसहित कालोपत्रे सक्ने लक्ष्य रहेको छ। ७० करोड ११ लाख ७३ हजार रूपैयाँ लागत स्टिमेट रहेको यो सडक–खण्ड लामा कन्स्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा लिएको छ। कालोपत्रे गर्न दुई खण्डमा छुट्याएर कालोपत्रेको काम सुरु गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए।  सो सडक खण्डको ६० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ।

२०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गको रूपमा निर्माण सुरु गरेपछि धादिङबेंसी–सल्यानटार सडकको ट्र्याक खन्न सुरु गरिएको थियो।

२०७६ बैशाख २४ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments