धादिङको महादेबेशीमा नव निर्मित प्रहरी चौकीका समुद्घाटन

 धादिङको महादेबेशीमा नव निर्मित प्रहरी चौकीका समुद्घाटन

50620583_2087088324714480_4524305170783272960_n

शिवराज आचार्य
महादेबेशी
धादिङको थाक्रे महादेबेशीमा नव निर्मित प्रहरी चौकीको आज समुद्घाटन गरीएको छ। राष्टिय पर्नःनिर्माण प्राधिकरण कोषको सहयोगमा जिल्ला प्रहरी कार्यालय धादिङको मातहतमा रहेको प्रहरी चौकी महादेबेशीको आज प्रदेश ३ का प्रहरी प्रमुख दिपक कुमार थापाले एक कार्यक्रममा विच समुद्घाटन गर्नु भएको होे ।

50623444_2087089221381057_2032371347576848384_n
कार्यक्रममा आउनु भएका जिल्ला प्रहरी उपरीक्षक डम्बर ब.बि.क ले समाजमा भएका विभिन्न घर्टनाहरुलाई सुस्म रुपमा दिएर अध्ययन गरी प्रहरीले काम गरेर देखाउनु पर्ने बताउनु भयो । प्रहरी कार्यालयमा जुन सुकै बेलामा सेवा लिन आउने सेवाग्राहीहरु लाई सेवा दिनु प्रहरीहरुको कत्यव रहेको बि.क ले बताउनु भयो ।

50699239_2087089011381078_6288269873000742912_n
त्यसै गरी कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनु भएका प्रदेश ३ का प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले स्थानिय तह सग सहकार्य गरी जस्तो सुकै काम गर्न पनि तयार रहेको बताउनु भयो । समाजमा हुने विकृती र विसंगतीका विरुद्धमा सबै एक भएर प्रहरी लाई सहयोग गर्न अनुरोध गर्नु भयो ।
कुल १ करोड ६४ लाख लागतमा निर्माण सम्पन भएको भवन १० कोठाको रहेको छ । कार्यक्रममा प्रमुख अतिथिमा प्रदेश ३का प्रहरी वनयव महानिरीक्षक दिपक कुमार थापा । थाक्रे गाउँपालिका प्रमुख राम कुमार आचार्य ।उपाध्यक्ष अम्बिका रुपाखेती , प्रदेश ३कार्यालय हेटौडाका टिएसटि प्रमुख अनिल राना ,जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक डम्बर ब.वि क ,नेकपा नेता नेत्रराज पौडेल ,जिल्ला ट्राफिक प्रमुख हेमराज धिमिरे ,ईलाका प्रहरी कार्यालय खानिखोलाका ईन्चाज उद्धब पोखरेल, प्रहरी चौकी लाई जग्गा दान गर्ने जग्गादाता स्थानिय, प्रत्रकार लगायतको सहभागिता रहेको थियो ।


२०७५ माघ १३ गते प्रकाशित

Facebook Comments