धादिङको महादेबबेशिमा राष्ट्रिय सोनाम ल्लोछार तथा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुँदै

धादिङको महादेबबेशिमा राष्ट्रिय सोनाम ल्लोछार तथा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुँदै

hh

सन्तोष सुवेदी ।
धादिङ, माघ २८ । धादिङको थाक्रे गाउँपालिका महादेबबेशिमा राष्ट्रिय सोनाम ल्लोछार तथा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुँने भएको छ । तामाङ गुठी समाजको आयोजना तथा थाक्रे गाउँपालिका वडा नम्बर १, ३, ४ र ५ को सहआयोजनामा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक तामाङ गुठी समाजका अध्यक्ष जङ्गबहादुर तामाङले बताउनुभएको छ ।
फागुन ११ गते हुने कार्यक्रममा राष्ट्रिय कलाकार शिब परियार, गायक तथा हाँस्यकलाकार जयनन्द लामा,एम जि तामाङ, तामाङ कलाकार सिलाबहादुर मोक्तानका साथमा कुन्ति मोक्तान,पप गायक सविन लामा, लोक तथा सेलो गायक उत्सव लामा, सेलो गायक हेम वाईवा, गायक राज किङ तथा एबिसिडी डान्स ग्रुपको बिषेश प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । आज सम्पन्न पत्रकार सम्मेलनमा यस कार्यक्रममलाई कसरी सञ्चालन गर्ने र यसको प्रचारप्रसारको लागी के कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा रहेर छलफल गरिएको छ ।
IMG20190212151653

तामाङ समुदायको भेषभुषा, रीतीरीवाज, चालचलन, सँस्कृतिलाई जगेर्ना गर्नको लागी थप सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनका सभापति , थाक्रे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तथा तामाङ गुठी समाजका सँयोजक अमीत घलेले जानकारी गराउनु भयो । उहाँले तामाङ जातिको उत्थान तथा सँरक्षण गर्नको लागी कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।

IMG20190212153758

आज स्रम्पन्न पत्रकार सम्मेलनमा गुठी समाजका अध्यक्ष जङ्गबहादुर तामाङले तामाङ जातिलाई शशतm बनाउन यी र यस्ता कार्यक्रममले टेवा पुग्ने कुरा उल्लेख गर्नुभयो । राज्यबाट नै हेपिएको तामाङ पछिल्लो समयमा धेरै अगाडी देखिएको र अझ शशतm बन्दै जाने बताउनु भयो । उहाँले जातिय हिसावमा पछाडी परेको बर्ग भनेर हेपिने दिन सदाको लागी अन्त्य गर्दै अन्य अगाडी बढ्नु पर्ने उद्घोष गर्नुभयो । तामाङ जातिको भाषा,सँस्कृति, रहनसहन लगायतका सँस्कारहरुलाई जिवन्त राख्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनु भयो ।

फागुन ११ गते आयोजना हुन गईरहेको कार्यक्रममा प्रमुख अतिथीका रुपमा प्रदेश नम्बर ३ का कृषिमन्त्री दावा दोर्जे लामा आउनुहुने आयोजकले बताएको छ । साथै बिषेश अतिथीका रुपमा बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आउनुहुने छ ।
कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नको लागी ल्लोछार कमीटी महादेबबेशि , छार मेन्दोला फोले महिला समुह महादेबबेशि, न्यु स्टार क्लव महादेवबेशि, महादेबबेशि स्पार्टस क्लव महादेबबेशि, सल्लेलि युवा क्लव थाक्रे २, तसर्पु तामाङ युवा समाज थाक्रे ५, बाहुन थान युवा समाज थाक्रे ४, जागरण युवा क्लव थाक्रे ११, मान्खु युवा समाज थाक्रे ११ लगायतका सँस्थाहरु सहयोगीका रुपमा रहेका छन् ।
मिडिया सहयोगीका रुपमा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज, नागरिक पाटी डक कम, कृषि रेडियो १०१.५ मेगाहर्ज, एभिन्युज टेलिभिजन, उज्यालो न्युज लगायतका रहेका छन् ।

IMG20190212155115

माघ २8,२०७५ प्रकाशित

Facebook Comments