धादिङको पिडामा भएको दुर्घटनामा बाबु छोराको मृत्यु

धादिङको पिडामा भएको दुर्घटनामा बाबु छोराको मृत्यु

dhading map

असोज ४ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडा २ घाटबेशीँमा सोमबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाण्डौँबाट गजुरी तर्फ जाँदै गरेको बा १४ प ४५५६ नम्बरको मोटरसाईकल, सोहि दिशामा गुडिरहेको ना ३ ख २९४६ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पिडा १ का ४२ वर्षिय छत्रबहादुर पुलामी मगर र उहाँका छोरा २१ वर्षिय विष्णु पुलामी मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
बाबु छत्रको गजुरी अस्पतालमा उपचार गर्दै गर्दा र छोरा विष्णुको थप उपचारका लागि काठमाण्डौँ लैँजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको ट्रक र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकलको अनियन्त्रित गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Facebook Comments