धादिङको थाक्रे महादेबबेशिमा योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया

धादिङको थाक्रे महादेबबेशिमा योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया

59767986_608046719709596_3952801407739887616_n

महेश्वर सुबेदी
महादेबबेशि, बैशाख २७ । धादिङको थाक्रे गाउँपालिकामा योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६÷७७ मा कार्यन्वयन गरिने योजनाहरुका लागी योजना तर्जुमा सम्बन्धी कार्यक्रम प्रदेश नम्बर ३ को आयोजनामा थाक्रे गाउँपालिका ६ महादेबबेशिमा सम्पन्न भएको हो । कार्यक्रममा धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सदस्य १ का साँसद राजेन्द्र प्रसाद पान्डेको अध्यक्षता रहेको थियो ।
प्रतिनिधी सभा १ प्रदेश सभा १ अन्तरगत पर्ने थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनितिकर्मी सहभागी कार्यक्रममा राजेन्द्र प्रसाद पाण्डेलाई कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश साँसदको हैसियतमा पान्डेले निभाईरहेको भुमिका र प्रदेशबाट भैरहेका कार्यहरुको बारेमा बिभिन्न प्रश्न गरेका थिए ।
प्रश्नहरुको जवाफ दिद पाण्डेले आफुले पहल गरेका र प्रदेश सरकारबाट भैरहेका कार्यहरुको बारेमा बताएका थिए । साथै जनप्रतिनिधिहरुलाई आफ्नो वडा र पालिकामा छलफल गरेर आबश्यक र कार्य सम्पन्न हुने योजनाहरुको छनोट गरि पठाउन अनुरोध गरे । जेठ ४ गते भित्र आफुलाई योजनाहरुको लिस्ट पठाउन अनुरोध गर्दै पालिका प्रमुख र प्रशाशकिय अधिकृतलाई योजना कार्यन्वयन गरि कार्य सम्पन गर्ने गरि प्रतिबद्धता ब्यक्त गर्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा आफ्नो बिचार राख्दै थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आचार्यले प्रदेश सरकारले नियम कानुन नबनाउदा स्थानिय तहहरुलाई काम गर्न गार्हो भएको , कर्मचारी समायोजनले स्थानिय तह रित्तिएको , कर्मचारी भर्ना गर्न स्थनिय तहलाई अधिकार नदिएको लगायतका सन्द्रभमा बिचार राख्नुभएको थियो साथै क्रसर उद्योग बन्द गर्ने खोल्ने सम्बन्धमा प्रदेश सरकारले समयमानै ठोस निर्णय गर्न नसक्दा ब्यवसयी पनि मर्कामा परेको र ढुक्कसँग राजस्व उठाउन नपाएकोमा गुनासो ब्यक्त गर्नुभयो ।

59708919_1456371924531016_3228868542396891136_n
क्रसर उधोगका सम्बन्धमा केन्द्र र प्रदेशले आआफ्नै ढङले निति नियम बनाईरहदा स्थानिय तहसङग समन्वय नगरेको र कहिले खोल्ने कहिले बन्द गर्ने भन्ने बारे आफुहरुलाई थाहा नहुने अवस्था भएकाले यसतर्फ पहल गर्न प्रदेश सासद पाण्डेलाई ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै कार्यक्रममा आफ्नो बिचार राख्दै गल्छी गाउपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सिनाले कर्मचारी समायोजनले सहयोगिकि भरमा कार्यलय सन्चालान गरिरहनुपरेको बाध्यता सुनाउदै आर्थिक बर्षको अन्त्यसमम्मा योजाना तथा कार्यक्रमहरू सक्न गार्हो आएको बताए । कार्यक्रममा सहभागी थाक्रे गाउपालिका गल्छी गाउपालिका तथा धुनिबेशी नगरपालिका प्रशाशकिय अधिकृतहरुले आफुहरु केन्द्र र प्रदेश सरकारको निर्देशनमा स्थानिय तहको सेवा प्रबाह तथा कार्य सम्पन्न गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छ्न। कार्यक्रममा थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आचार्य उपाध्यक्ष अम्बिका रुपाखेती प्रशाशकिय अधिकृत जगत प्रसाद भुसाल गल्छी गाउपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ उपाध्यक्ष राधा तिमिल्सिना प्रशाशकिय अधिकृत दान ब एडि धुनिबेशी नगरपालिकाका प्रशाशकिय अधिकृत राजेन्द्र बहादुर अर्याल तिन वटै स्थानिय तहका वडाअध्यक्षहरु ,कार्यपालिका सद्सयहरु ,पर्टिका नेताहरु लगायतको सहभागिता रहेको थियो ।
बैशाख २७, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments