धादिङको थाक्रेमा ट्रकको ठक्करबाट बालकको ज्यान गयो

धादिङको थाक्रेमा ट्रकको ठक्करबाट बालकको ज्यान गयो

accident-logo-web_6

धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ८ सोप्याङमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका स्थित पालुङ निवासी लक्ष्मण मगरको ९ वर्षिय छोरा रजित मगर रहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

विरगन्जबाट काठमाण्डौँ तर्फ जाँदै गरेको ना ६ ख ५१७७ नम्बरको ट्रकले पैदल हिँडिरहेका बालकलाई आईतबार दिउँसो २ः२० बजे ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । घटना पछि ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना पछि सवारी साधनको सामान्य चाप रहेको छ ।

२०७५ साउन ०६ गते दिउँसो ३ः०० बजे प्रकाशित

Facebook Comments