धादिङको चालिसेमा दुईवटा कन्टेनर ट्रकमा आगलागी

धादिङको चालिसेमा दुईवटा कन्टेनर ट्रकमा आगलागी

Aago_Truck_Nagarikpati-13-768x512

धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर ध्वस्त भएको हो । बिहान करिब ३ बजेदेखी आगो लागेपछि स्थानिय, प्रहरी र चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो दायाँ बाँया नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागि भएको २ घण्टा पछि ५ बजे काठमाण्डौँ महानगरको दमकल लेराएर अहिले आगो नियन्त्रणमा लिईएको छ । आगलागि बाट मानविय क्षति भएको छैन । बस्ति, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागि भएपछि स्थानिय त्रसित भएका थिए ।

२०७५ बैशाख ३० गते बिहान प्रकाशित

Facebook Comments