धादिङका ८ स्थानियतहको निति, कार्यक्रम तथा बजेट

धादिङका ८ स्थानियतहको निति, कार्यक्रम तथा बजेट

ddc-demo

असार ११ । असार १० गते स्थानियतहहरुले आगामी आर्थिक बर्ष २०७६/७७ का लागी निति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यकारी नियम अनुसार देशका अधिकाँस स्थानियतहहरुले निति, कार्यक्रम र बजेट ल्याउन सफल भएका छन् । यसैक्रममा धादिङको १३ स्थानियतह मध्ये ८ वटा स्थानियतहले निति, कार्यक्रम तथा बजेट ल्याउन सफल भएको छ भने अन्य ५ वटा स्थानिय तहहरुले बजेट सार्वजनिक गर्न सकेनन् ।
धादिङको १३ स्थानीय तहहरूमा रूबिभ्याली गाउँपालिका, गंगाजमुना गापा, त्रिपुराशुन्दरी गापा, गल्छी गापा र धुनिबेशी नगरपालिका बाहेक खनियावास गापा, नेत्रावति डबजोङ गापा, ज्वालामुखी गापा, शिद्वलेक गापा, बेनिघाट रोराङ गापा, गजुरी गापा, थाक्रे गापा र निलकण्ठ नगरपालिकाले आज आब २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण गरेका छन् ।
धादिङको थाक्रे गाउँपालिकाले ५४ करोड ७९ लाखको बजेट विनियोजन गरेको छ । मँगलबार आयोजित गाउँपालिकाको पाचौँ गाउँसभा मार्फत ५४ करोड ७९ लाखको बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र ११ वटा वडा कार्यालयहरु सँचालनका लागि ६ करोड ७५ लाख चालु खर्च र ३३ करोड १३ लाख रुपैँयाको पुँजिगत खर्च तथा सर्शत तर्फ १४ करोड ९१ लाख रुपैँया गरि ५४ करोड ७९ लाख रुपैँयाको अनुमानित व्यय पेश गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए ।
क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड ९५ लाख ७० हजार रुपैँया, सामाजिक विकास तर्फ ७ करोड ८६ लाख ९० हजार, पुर्वाधार विकास तर्फ ११ करोड २४ लाख ७० हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, सँस्थागत विकास सेवा प्रवाह र सुसासन तर्फ २ करोड १ लाख ६० हजार रुपैँया विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताईन् ।
सम्वृद्ध थाक्रे गाउँपालिका निर्माणको आधार, कृषी, उद्योग, पर्यटन, व्यापार र पुर्वाधार सहितको दिर्घकालिन सोच राखेको गाउँपालिकाले विभिन्न लक्ष्य र सम्वृद्ध थाक्रे र सुखी थाक्रेबासी चाहनालाई परिपुर्ति गर्न विभिन्न उदेश्य सहित बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको भनाई छ ।
बेनिघाट रोराङ गाउँपालिका द्धारा ५६ करोड ७८ लाख बजेट विनियोजना
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आज आर्थिक वर्ष ०७६÷७७ का लागि कुल ५६ करोड, ७८ लाख ५७ हजार बजेट विनियोजना गरेको छ ।गाउँपालिकाले चालु खर्च तर्फ २५ करोड ४८ लाख १६ हजार र पूजी खर्च तर्फ ३१ करोड ३० लाख ४१ हजार बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले पूर्वाधार निर्माण र सेवा क्षेत्रमा सुधारलाई मुख्य प्राथमिकतामा राखि नीति तथा कार्यक्रम निर्माण गरिएको अध्यक्ष पित्तबहादुर डल्लाकोटीले हरिले जानकारी दिएका छन । गाउँपालिकाले जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वाच्छ खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर बजेट विनियोजन गरिएको छ ।
गजुरी गाउँपालिकाले ल्यायो ६२ करोड ८२ लाख ५१ हजारको बजेट
धादिङको गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७६ का नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । मंगलबार आयोजना गरिएको पाँचौ गाउँसभा मार्फत गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले पालिकाको विकासका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, पूर्वाधार विकासलाई मुख्य आधार मानेर नीति तथा कार्यक्रम बनाएको छ । सामुदायिक विद्यालयको संस्थागत सुधार, गुणस्तरीय शिक्षा, बालमैत्री गाउँपालिका, निशुल्क औषधीको उपलब्धता, युवा स्वरोजगारका लागि कार्यक्रम ,सडक निर्माणको कामलाई तीब्रता दिइने बताइएको छ ।
नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब आठ करोड ११ लाख
नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा रु एक अर्व आठ करोड ११ लाख बजेत विनियोजन गरेको छ । मंगलबार नगर उपप्रमुख मनराज भण्डारीले नगरसभामा चालु खर्च तर्फ रु ७६ करोड ११ लाख ४६ हजार तथा पुँजिगत खर्च तर्फ रु ३१ करोड ९९ लाख ५४ हजार रकम विनियोजन गरेका हुन् ।
नगरपालिकाले सडक तथा खानेपानी लाई प्रमुख प्राथमिकतामा राखेको छ । जसमा सडक तर्फ रु १० करोड ८० लाख तथा खानेपानी तर्फ रु ७ करोड विनियोजन गरिएको छ । लक्षित बर्गको हितका लागि पुर्वाधार विकास तर्फ दलित छात्रावासका निर्माणका लागि आवश्यक रकम रु ३४ लाख, नेपाल सरकार वा अन्य विकास साझेदार संघ संस्थाबाट साझेदारीमा विकास निर्माणको कार्य गर्ने प्रस्ताव प्राप्त भएमा यस कोषबाट रकम खर्च गर्ने गरी समपुरक कोषमा रु १ करोड, कृषि र पशुपालन व्यवसायको बिमा, सेवा प्रवाह तथा विस्तार एवं प्रवर्धन, शिक्षा ,खानेपानी स्वास्थ्य तथा सरसफाई, खेलकूद, संस्कृति, पर्यटन लगाएतका सवै क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ ।
विदुर नगरपालिकाको बजेट ८५ करोड ३८ लाख, नगर एम्बुलेन्स सेवा शुरुआत गर्ने योजना
नुवाकोटको विदुर नगरपालिकाले पाँचाँै नगरसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ८५ करोड ३७ लाख ६१ हजारको बजेट प्रस्ततु गरेको छ । नगरपालिकाका उप–प्रमुख गीताकुमारी दाहालले सो बजेट प्रस्तुत गर्नुभएको हो ।
विदुर नगरपािलका प्रमुख सञ्जु पण्डितले नगरका हरेक समस्या न्यूनीकरण गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताउनुभयो ।
दुप्चेश्वर गाउँपालिकाको बजेट ३३ करोड ८ लाख, एक घर ४ भैसी कार्यक्रम
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आब २०७६/७७ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज मंगलबार सभामा पालिका उपाध्यक्ष अञ्जु आचार्यले ३३ करोड ८ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । बजेटको चालुतर्फ ४ करोड ८५ लाख ६३ हजार ७ सय ५० र पूँजीगततर्फ १४ करोड ५६ लाख ९१ हजार २ सय ५० रहेको छ ।
नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, जलस्रोतको भरपुर उपभोग गरि खेतियोग्य जमिनमा सिँचाई र जलविद्युत आयोजना प्रवर्द्धन, कृषि क्षेत्रको व्यवसायिककारण र आधुनिकीकरण, पर्यटन प्रवर्द्धन मार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना र पूर्वाधार निर्माणमा दिगोपन सुनिश्चित र सबै नागरिकलाई सडक सुविधा पुर्याउने उद्देश्य रहेको पालिका अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिनुभयो ।
असार ११ गते २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments