दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव उद्घाटन, महोत्सव माघ २२ सम्म सञ्चालन हुने

दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव उद्घाटन, महोत्सव माघ २२ सम्म सञ्चालन हुने

50556293_10215072097568774_7491928096858177536_n

शिवराज आचार्य
महादेवबेशी । धादिङको थाक्रे महादेवबेशीमा दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव आज देखी सुरुभएको छ । उज्यालो भविष्य महिला समुहको आयोजना तथा थाक्रे युवा सामाजको सह आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा महिलाहरुले पञ्चेबाजा बजाएर सबैको ध्यान केन्द्रीत गरेका थियो । महिलाहरुल पञ्चेबाजा बजाएर महादेबेशी बजार परिक्रमा गरी महोत्सवमा उद्घाटन स्थल प्रवेश गरीएको थियो । प्रमुख अतिथि प्रदेश ३ का आन्तरीक मामिला तथा कानुन मन्त्री शालीकराम जमकटेलले पानसमा वति बालि मेला उत्घाटन गर्नु भएको थियो ।

51030771_2083924618364184_3014357173892284416_n
मेलामा वोल्नु हुदै नेकपा नेता नेत्र पौड्यालले पोहोर साल गरेको महोत्सवलाई शिक्षाको रुपमा लिँदै फेरी आयोजना गरिएको महोत्सवल महिलाहरुमा शाहस थपेको भन्दै खुसि ब्यतm गर्नुभयो । महिलाहरु अझ सँगठीत भएर अगाडी जान र यसमा सहयोग गर्न तयार रहेको भन्दै शुभकामना दिनुभयो ।
50692590_724372384630161_2477308183958257664_n
महोत्सव उद्घाटनका लागी आउनुभएका प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेलले उद्योग ब्यबसाय र आर्थिक कारोवारको रुपमा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने बताउनुभयो । उहाँले सिमित उदेश्यले सुरु गरिएको महोत्सवमा आफु तथा समग्र पार्टी सहयोग गर्न प्रतिबद्ध हरेको भन्दै सफलताको शुभकामना दिनुभयो ।
महोत्सव आयोजक समितिका अध्यक्ष तारा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेल ,धुनिबेशी नगरपालिकाका प्रमेख बाल कृष्ण आचार्य, नेकपा नेता नेत्र राज पौडेल,कृष्ण पन्थ,दिपक लामिछाने,विजय बुर्लाकोटी, उद्योग वाणिज्य सगका अध्यक्ष विभिन्न प्रयोजक तथा सह प्रयोजकका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि महिला समुह तथा युवा समाजका व्यतिm पत्रकार लगायतको सहभागिता रहेको थियो ।

51042673_10215072082128388_4430480570820067328_n
महोत्सवमा औद्योगिक व्यापार सँग सम्बन्धित स्टलहरु सहित १ सय १५ स्टल रहेका छन् । स्थानिय प्रतिभा प्रदर्शन, बालउद्यान तथा रमाइलो मेलाका खेल सामाग्रीहरु, उँट र मयुरको नाच मुख्य आकर्षणका रुपमा रहेका छन् । राष्टिय ख्याति प्राप्त कलाकारहरुको विशेष प्रस्तुती र विभिन्न भेषभुषाका झाकी प्रदर्शन हुने आयोजकले जनाएको छ । मेलाका लागि बजार पनि सजावट गरिएको छ । महोत्सव आज देखी माघ २२ गतेसम्म महादेबबेशि बजार महेश खोला किनारमा सन्चालन हुनेछ ।


२०७५ माघ ११ गते प्रकाशित

Facebook Comments