दुर्घटनामा रिम्स नेपालका झम्क खड्का घाईते

दुर्घटनामा रिम्स नेपालका झम्क खड्का घाईते

accident bike

महेश्वर सुबेदी / शिवराज आचार्य
धार्के, कात्तिक १८ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे ९ चिनिमेलमा बुधबार साँझ भएको दुर्घटनामा एक जना घाईते भएका छन् । काठमाण्डौँका लागि गुडेको बा २ च ३४९० नम्बरको ल्याण्ड क्रुजर गाडिले धार्के बाट बैरेनी तर्फ जाँदै गरेको बा ५४ प ८८९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रिम्स नेपाल बैरेनीका झम्क खड्का घाईते हुनुभएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
घाईते खड्कालाई धार्केमा रहेको शिवदर्शन अस्पतालमा सामान्य उपचार पछि अहिले काठमाण्डौँ स्थित गणेशमान मेमोरीयल अस्पतालमा उपचार भैरहेको छ । खड्काको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । दुर्घटनाको गाडी, गाडी चालक र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments